राष्ट्रिय बाणिज्य बैंकमा १९५ जनालाई जागिर, प्लस टु पासले आवेदन दिन सक्ने

  २०७३ साउन ५ गते ७:५८     विकासन्युज

RBB BANKकाठमाडौं , ५ साउन  ।  राष्ट्रिय बाणिज्य बैंकमा १९५ जनालाई जागिर खुलला गरेको छ । गत वर्षकै प्रक्रियालाई निरन्तरता दिनेगरी बैंकले १०० जना थप गरी १ सय ९५ जना कर्मचारी भर्ना गर्न लागेको हो । गत वर्ष आवेदन दिएकाले यो वर्ष आवेदन दिनुपर्ने छैन । गत वर्षकै आवेदनले मान्यता पाउने बैंकले जनाएको जनाएको छ ।

बैंकले गत वर्ष महिला आवेदनका लागि ३५ वर्ष ननाघेका महिलाले आवेदन दिनसक्ने गरी विज्ञापन खुलाएको थियो । तर, ४० वर्षसम्मका महिलाले आवेदन दिन पाउनुपर्ने भन्दै अदालतमा मुद्दा परेपछि प्रक्रिया रोकिएको थियो ।

अदालतले ४० वर्षसम्मका महिलाले आवेदन दिन सक्ने फैसला गरेपछि कर्मचारी भर्नाको प्रक्रिया अघि बढेको हो । अदालतको फैसलापछि बैंकले आफ्नो कर्मचारीसम्बन्धी नियमावली संसोधन गरेको छ ।

बैंकले ३ तहमा ७३ जना, ५ तहमा ४१ जना, ६ तहमा ७५ जना, ७ तहमा पाँच जना र ८ तहमा एक जना कर्मचारीका लागि आवेदन मागेको हो । नयाँ कर्मचारीले विराटनगर, काठमाडौं, पोखरा, बुटवल, नेपालगञ्ज र धनगढी क्षेत्रीय कार्यालय अन्तरगर्तका शाखामा काम गर्नुपर्ने छ ।

प्लस टु उतिर्णदेखि माथिल्लो शैक्षिक योग्यता भएकाहरुले आवेदन दिन सक्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.