निर्जीबन बीमा ब्यवसाय २४ प्रतिशतले बृद्धि, कुन कम्पनीको बृद्धिदर कति ?

  २०७३ साउन ५ गते ७:१९     विकासन्युज

काठमाडौं, ५ साउन । गत आर्थिक बर्षमा निर्जीबन बीमा ब्यवसाय करिब २४ प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक बर्षको तुलनामा कम्पनीहरुले आर्जन गरेको बीमा शुल्कका आधारमा यस्तो बृद्धि देखिएको हो ।

बीमा क्षेत्रको नियामक निकाय बीमा समितिले दिएको जानकारी अनुसार गत आर्थिक बर्षमा निर्जीबन बीमा ब्यवसायको बृद्धिदर २३ दशमलब ६२ प्रतिशत छ । अघिल्लो आर्थिक बर्षमा निर्जीबन बीमा कम्पनीहरुले ११ अर्ब ३१ करोड ५७ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेकामा गत आर्थिक बर्षमा १३ अर्ब ९८ करोड ८२ लाख रुपैयाँ शुल्क आर्जन गरेका छन् ।

नेपाल इन्स्योरेन्स कम्पनीले गत आर्थिक बर्षमा ७३ करोड ५५ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । अघिल्लो आर्थिक बर्षमा सो कम्पनीले ५३ करोड ८ लाख रुपैयाँ यस्तो शुल्क आर्जन गरेको थियो । अघिल्लो आर्थिक बर्षको तुलनामा कम्पनीले गत आर्थिक बर्षमा ३८ दशमलब ५५ प्रतिशतले बीमा शुल्क आर्जन बढाएको छ ।

ओरेन्टल इन्स्योरेन्स कम्पनीले गत आर्थिक बर्षमा ६९ करोड ६४ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । अघिल्लो आर्थिक बर्षमा सो कम्पनीले ५९ करोड ९७ लाख रुपैयाँ यस्तो शुल्क आर्जन गरेको थियो । अघिल्लो आर्थिक बर्षको तुलनामा कम्पनीले गत आर्थिक बर्षमा १६ दशमलब १६ प्रतिशतले बीमा शुल्क आर्जन बढाएको छ ।

नेसनल इन्स्योरेन्स कम्पनीले गत आर्थिक बर्षमा ७२ करोड ३२ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । अघिल्लो आर्थिक बर्षमा सो कम्पनीले ६८ करोड ४५ लाख रुपैयाँ यस्तो शुल्क आर्जन गरेको थियो । अघिल्लो आर्थिक बर्षको तुलनामा कम्पनीले गत आर्थिक बर्षमा ५ दशमलब ६५ प्रतिशतले बीमा शुल्क आर्जन बढाएको छ ।

हिमालयन जनरल इन्स्योरेन्स कम्पनीले गत आर्थिक बर्षमा १ अर्ब ५ करोड ७६ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । अघिल्लो आर्थिक बर्षमा सो कम्पनीले ८४ करोड ५३ लाख रुपैयाँ यस्तो शुल्क आर्जन गरेको थियो । अघिल्लो आर्थिक बर्षको तुलनामा कम्पनीले गत आर्थिक बर्षमा २५ दशमलब ११ प्रतिशतले बीमा शुल्क आर्जन बढाएको छ ।

युनाइटेड इन्स्योरेन्स कम्पनीले गत आर्थिक बर्षमा ५६ करोड २३ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । अघिल्लो आर्थिक बर्षमा सो कम्पनीले ९६ करोड ४० लाख रुपैयाँ यस्तो शुल्क आर्जन गरेको थियो । अघिल्लो आर्थिक बर्षको तुलनामा कम्पनीले गत आर्थिक बर्षमा ४१ दशमलब ६७ प्रतिशतले बीमा शुल्क आर्जन घटाएको छ ।

एभरेष्ट इन्स्योरेन्स कम्पनीले गत आर्थिक बर्षमा १८ करोड २ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । अघिल्लो आर्थिक बर्षमा सो कम्पनीले ११ करोड रुपैयाँ यस्तो शुल्क आर्जन गरेको थियो । अघिल्लो आर्थिक बर्षको तुलनामा कम्पनीले गत आर्थिक बर्षमा ६३ दशमलब ७८ प्रतिशतले बीमा शुल्क आर्जन बढाएको छ ।

नेको इन्स्योरेन्स कम्पनीले गत आर्थिक बर्षमा ९१ करोड १४ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । अघिल्लो आर्थिक बर्षमा सो कम्पनीले ५३ करोड १२ लाख रुपैयाँ यस्तो शुल्क आर्जन गरेको थियो । अघिल्लो आर्थिक बर्षको तुलनामा कम्पनीले गत आर्थिक बर्षमा ७१ दशमलब ५८ प्रतिशतले बीमा शुल्क आर्जन बढाएको छ ।

सगरमाथा इन्स्योरेन्स कम्पनीले गत आर्थिक बर्षमा १ अर्ब ११ करोड ५२ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । अघिल्लो आर्थिक बर्षमा सो कम्पनीले १ अर्ब १२ करोड १३ लाख रुपैयाँ यस्तो शुल्क आर्जन गरेको थियो । अघिल्लो आर्थिक बर्षको तुलनामा कम्पनीले गत आर्थिक बर्षमा शुन्य दशमलब ३८ प्रतिशतले बीमा शुल्क आर्जन घटाएको छ ।

प्रभु इन्स्योरेन्स कम्पनीले गत आर्थिक बर्षमा ७६ करोड १७ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । अघिल्लो आर्थिक बर्षमा सो कम्पनीले ७३ करोड १४ लाख रुपैयाँ यस्तो शुल्क आर्जन गरेको थियो । अघिल्लो आर्थिक बर्षको तुलनामा कम्पनीले गत आर्थिक बर्षमा ४ दशमलब १४ प्रतिशतले बीमा शुल्क आर्जन बढाएको छ ।

एनबी इन्स्यारेन्स कम्पनीले गत आर्थिक बर्षमा ३५ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । अघिल्लो आर्थिक बर्षमा सो कम्पनीले ४७ लाख रुपैयाँ यस्तो शुल्क आर्जन गरेको थियो । पुरानो ब्यवस्थापनले कम्पनी चलाउन नसकेपछि आइएमइ ग्रुपले संचालन गरेको सो कम्पनीले गत आर्थिक बर्षदेखि पुन कारोवार संचालन गरेको हो ।

प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले गत आर्थिक बर्षमा ८७ करोड १७ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । अघिल्लो आर्थिक बर्षमा सो कम्पनीले ७८ करोड ११ लाख रुपैयाँ यस्तो शुल्क आर्जन गरेको थियो । अघिल्लो आर्थिक बर्षको तुलनामा कम्पनीले गत आर्थिक बर्षमा ११ दशमलब ६ प्रतिशतले बीमा शुल्क आर्जन बढाएको छ ।

शिखर इन्स्योरेन्स कम्पनीले गत आर्थिक बर्षमा २ अर्ब १३ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । अघिल्लो आर्थिक बर्षमा सो कम्पनीले १ अर्ब ३६ करोड ३९ लाख रुपैयाँ यस्तो शुल्क आर्जन गरेको थियो । अघिल्लो आर्थिक बर्षको तुलनामा कम्पनीले गत आर्थिक बर्षमा ४६ दशमलब ७३ प्रतिशतले बीमा शुल्क आर्जन बढाएको छ ।

लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले गत आर्थिक बर्षमा ७७ करोड ८० लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । अघिल्लो आर्थिक बर्षमा सो कम्पनीले ६४ करोड ७ लाख रुपैयाँ यस्तो शुल्क आर्जन गरेको थियो । अघिल्लो आर्थिक बर्षको तुलनामा कम्पनीले गत आर्थिक बर्षमा २१ दशमलब ४३ प्रतिशतले बीमा शुल्क आर्जन बढाएको छ ।

एनएलजी इन्स्योरेन्स कम्पनीले गत आर्थिक बर्षमा १ अर्ब २१ करोड ३३ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । अघिल्लो आर्थिक बर्षमा सो कम्पनीले ६९ करोड ८९ लाख रुपैयाँ यस्तो शुल्क आर्जन गरेको थियो । अघिल्लो आर्थिक बर्षको तुलनामा कम्पनीले गत आर्थिक बर्षमा ७३ दशमलब ५९ प्रतिशतले बीमा शुल्क आर्जन बढाएको छ ।

सिद्धार्थ इन्स्योरेन्स कम्पनीले गत आर्थिक बर्षमा १ अर्ब १६ करोड ५८ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । अघिल्लो आर्थिक बर्षमा सो कम्पनीले ९६ करोड ५७ लाख रुपैयाँ यस्तो शुल्क आर्जन गरेको थियो । अघिल्लो आर्थिक बर्षको तुलनामा कम्पनीले गत आर्थिक बर्षमा २० दशमलब ७१ प्रतिशतले बीमा शुल्क आर्जन बढाएको छ ।

गत बर्षदेखि मात्रै कारोवार संचालन गरेको राष्ट्रिय बीमा कम्पनीले ८६ करोड ३८ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । यस्तै अघिल्लो आर्थिक बर्षमा ७४ करोड १६ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको भएपनि गत बर्षको विवरण समितिले दिएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.