टाटा मोटरको नयाँ बस बजारमा, मञ्जुश्री यातायातले मात्र लियो २२ वटा बस

  २०७३ साउन ४ गते ८:०२     विकासन्युज

काठमाडौं, ४ साउन । टाटा मोर्टस्को लागि नेपालको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ्ग प्रालिले नयाँ बस च्यासिस टाटा एल.पी.ओ १६१८/६२ बजारमा ल्याएको छ । १२ मिटर लामो यो वस डिजेल इन्जिनको शक्तिले सम्पन्न रहेको कम्पनीले जनाएको छ । १८० हर्ष पावर भएको यस वाईड बडी च्यासिस नुमेटिक सस्पेन्सन, स्लिपर वर्थ एवम् ४५ रिक्लाइनिङ सिट क्षमताको छ ।
tata_bus
१८० हर्ष पावर र ६७५ एनएम टर्कको इञ्जिन भएको र आधुनिक प्रविधि प्रयोग भएकोले यो गाडी अप्ठ्यारा, पहाडी क्षेत्रमा पनि सहज रुपले चल्ने कम्पनीको प्रमुख सञ्चालन अधिकृत राजेश श्रेष्ठले बताए । यस गाडीमा ३ बर्षवा ३ लाख किलोमिटर सम्मको वारेन्टी रहेको उनले बनाए ।

बसमा १४इन्चको डायामिटरको क्लचप्लेट, ओभर ड्राईभ मेकानिज्म रहेको जी६०० गियर बक्स र ४१/७ अनुपातको क्राउनको संयोजन रहेको कारण यस च्यासिसले कम इन्धनमा नै उच्च गति प्रदान गर्ने कम्पनीले जनाएको छ ।
tata-new-bus
टाटा मोटर्स्को नयाँ बस पहिलो पटक मन्जुश्री यातायात सेवा समितिले ५ वटा किनेको छ । काठमाडौं–दिल्ली बस सेवा सञ्चालनको लागि यो बस खरिद गरिएको समितिका कार्यवहाक अध्यक्ष अनिल चालिसेले बताए । सन् २००१ मा स्थापित मन्जुश्री यातायात सेवा समितिले काठमाडौ दिल्ली र काठमाडौ बनारसमा आवतजावत गर्ने यात्रुहरुको लागि आरामदायी र सुबिधा सम्पन्न बस सेवा सञ्चालन गर्दै आईरहेको छ । मन्जुश्री यातायात सेवा समितिले २२ वटा टाटा बसहरु किनीसकेको छ ।

२६ वटा भन्दा बढी सेवा केन्द्र भएको सिप्रदी नेपालकै सबैभन्दा व्यापक बस र ट्रकको सेवा संजाल भएको कम्पनी हो । टाटा मोर्टस् लिमिटेड भारतको सबैभन्दा ठूलो अटोमोबाइल कम्पनी हो, जसले सन २०१५/१६ मा २,७ खर्ब ५,५ खर्ब ६१ करोडको कारोबार गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.