लक्ष्मी लघुवित्तको नाफा ३७८ प्रतिशतले बढ्यो, फस्र्ट माइक्रो फाइनान्सको पनि १५० प्रतिशत वृद्धि

  २०७३ साउन ४ गते ४:०८     विकासन्युज

profitकाठमाडौं, ४ असार । लक्ष्मी लघुवित्त कम्पनीले आर्थिक वर्ष २०७२/७३ मा आफ्नो नाफा ३७८ दशमलब ५५ प्रतिशतले वृद्धि गरेको छ । कम्पनीले गत आर्थिक वर्षमा ६ करोड २४ लाख ४६ हजार रुपैंयाँ नाफा कमाएको छ । जुन अघिल्लो आवमा कम्पनीले कमाएको नाफा भन्दा ३७८ दशमलब ५५ प्रतिशतले बढि हो । अघिल्लो आवमा लक्ष्मी लघुवित्तले जम्मा एक करोड ६४ लाख ९६ हजार रुपैंयाँ मात्रै नाफा कमाएको थियो ।

११ करोड चुक्ता पुँजी रहेको कम्पनीले खराब कर्जा शुन्य दशमलब ३० प्रतिशत रहेको छ भने प्रति सेयर नेटवर्थ १६४ रुपैंयाँ ४४ पैसा रहेको छ । त्यस्तै, फस्र्ट माइक्रोफाइनान्स कम्पनीको नाफा पनि १५० प्रतिशतले बढेको छ । कम्पनीले आर्थिक वर्ष वर्ष २०७२/७३ को चौथो त्रैमासिक अवधीमा आफ्नो नाफा ३ करोड ६१ लख १७ हजारबाट वृद्धि गरेर ५ करोड ४४ लाख ६८ हजार नाफा कमाएको हो ।
यो नाफा अघिल्लो आर्थिक वर्षको तेश्रो त्रैमासिकसम्म कम्पनीले कमाएको भन्दा नाफा भन्दा १५० दशमलब ८० प्रतिशतले बढि हो । २३ करोड चुक्ता पुँजी रहेको फस्ट माइक्रोफाइनान्सको प्रति सेयर नेटवर्थ १३४ रुपैंयाँ १५ पैसा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.