राष्ट्रिय बाणिज्य बैंक र नागरिक लगानी कोषबीच सेवा सम्झौता

  २०७३ साउन ३ गते १२:५५     विकासन्युज

काठमाडौं, ३ साउन । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र नागरिक लगानी कोषबीच रकम संकलन तथा ट्रान्सफर गर्ने सम्बन्धमा एक समारोहका बीच सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठ र नागरिक लगानी कोषका कार्यकारी निर्देशक रामकृष्ण पोखरेलले हस्ताक्षर गरेका छन् । नागरिक लगानी कोषको रकम संकलन तथा ट्रान्सफर कार्यलाई अझ बढि सरल र सुविधायुक्त बनाउने उद्देश्यले सो सम्झौता भएको बैंकले जनाएको छ ।

nagarik_lagani_koshउक्त अवसरमा राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले दुई ठूला सरकारी निकाय बीचको संझौताले कर्मचारीको वचत बानी विकासमा थप सघाउ पुग्ने अपेक्षा गरेका छन् । आगामी आर्थिक वर्षमा बैंकले पुनस्थापना गर्ने ३० वटा शाखा कार्यालयको सेवाबाट कोषका बचतकर्ता र सर्वसाधारण जनता लाभान्वित हुने विश्वास व्यक्त गरेको छ ।

कार्यक्रममा नागरिक लगानी कोषका कार्यकारी निर्देशक रामकृष्ण पोखरेलले यो सम्झौताले नागरिक लगानी कोषका ५ लाख ७० हजार बचतकर्ता लाभान्वित हुने बताएका छन् । यस नयाँ सम्झौता अनुसार नागरिक लगानी कोषको बैंकका विभिन्न शाखामा रहेका अनेकौं खाताहरु बन्द गरि स्किम अनुसारको ६ वटा केन्द्रिकृत खाताहरु मात्र संचालन गरिने बैंकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.