हुण्डाई युरोकप भविष्यवाणी प्रतियोगीतका विजेताहरु पुरस्कृत

  २०७३ साउन ३ गते ८:५२     विकासन्युज

काठमाडौं, ३ साउन । हुण्डाई युरोकप भविष्यवाणी प्रतियोगीताका विजेताहरुलाई पुरस्कृत गरिएको छ । लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालीले युरोकप सन २०१६ को अवसरमा सञ्चालन गरेको प्रतियोगीताका विजेताहरुलाई सोमबार पुरस्कृत गरेको हो ।

LNM_0313प्रतियोगीतामा शोयोश राणा, महेश रेग्मी, अभि गुप्ता ग्राण्ड विजेता बनेका थिए । जेठ २४ देखि असार २६ गतेसम्म सञ्चालन गरिएको प्रतियोगीमा अशोक सापकोटा, अनिशा बटाजु र आशिष मानन्धर टुर्नामेन्ट विजेता बनेका थिए । प्रथम भएका शोयोग राणाले ४० इञ्जको सामसङ एलइडी टिभी, दोश्रो हुने महेश रेग्मीले ३२ इञ्चको सामसङ एलइडी टिभी तथा तेश्रो भएका अभि गुुप्ताले सामसङ जे५ मोबाइल प्राप्त गरेका छन् ।

सर्वाधिक गोलकर्ताको भविष्यवाणाी गरेका अशोक सापकोटा, उत्कृष्ठ खेलाडी भविष्यवाणी गर्ने अनिशा बटाजु र युरोकपको विजेता भविष्यवाणाी गर्ने आशिष मानन्धरले सामसङ जे७ प्राप्त गरेका हुन् । प्रतियोगीतामा २५ हजार जनाले सहभागीता जनाएका थिए ।

LNM_0362

हुण्डाई ओनर्स कार्यक्रममा विजयी भई युरोकप २०१६ को फाइनल खेल गर्न फ्रान्स जाने अवसर प्राप्त गरेका अमित श्रेष्ठ र राजेन्द्र गुरुङले आफ्नो अनुभव सुनाएका थिए । मिस नेपाल २०१६ अस्मि श्रेष्ठले विजयीहरुलाई पुरस्कार वितरण गरेकी थिईन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.