कुमारी बैंकको विशेष साधारणसभामा चुनाव सुरु, मर्जरमा नजान दबाव

  २०७३ असार ३१ गते ८:३८     विकासन्युज

काठमाडौं, ३१ असार । कुमारी बैंकको विशेष साधारणसभामा मर्जको पक्ष र विपक्षमा मतदान सुरु भएको छ ।  राजधानीमा जारी साधारण सभाले एनसीसी, इन्फ्राष्ट्रक्चर डेभलपमेन्ट बैंक, इन्टरनेशनल डेभलपमेन्ट बैंक, एपेक्स डेभलपमेन्ट बैंक र सुप्रिम डेभलपमेन्ट बैंकबीच हुने भनिएको मेगा मर्जरको भविष्य निर्धारण गर्नेछ ।

kumari

साधारण सभामा सहभागी अधिकांश सेयरधनीहरुको ध्वनी मत लिँदा मर्जको विपक्षमा आवाज ठुलो सुनिएको थियो ।
कुमारी बाहेक अन्य पाँच वटा बैंकहरुले विशेष साधारणसभा सम्पन्न गरेर मर्जर प्रस्ताव पारित गरिसकेका थिए ।

kumari_voting

मर्जरको पक्ष र विपक्षमा मतदान गर्न लाइन बसेका सेयर धनीहरु

एनसीसीसँग मर्जपछि अवसरभन्दा जोखिम बढी रहेकोले मर्जरमा जान नहुने मर्जको विपक्षीहरुको तर्कले साधारण सभा स्थलमा बढि महत्व पाएको छ । कुमारी बैंकको साधारणसभाले मर्जको विपक्षमा निर्णय गरेपनि एनसीसीसँग ४ वटा विकास बैंक गर्न भने कुनै बाधा पुग्नेछैन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.