यी हुन लघुवित्त खोल्न पाइने ९ जिल्ला

  २०७३ असार ३१ गते ७:१२     विकासन्युज

काठमाडौं, ३१ असार । नेपाल राष्ट्र बैंकले अबदेखि लघुवित्त संस्थाको लाइसेन्स बन्द गर्ने बताएपनि तोकिएका ९ जिल्लामा यस्तो संस्था संचालन गर्न दिने भएको छ । वित्तीय पहुच नभएका ९ जिल्लामा नै केन्द्रीय कार्यालय रहने र त्यस्तै जिल्ला मात्रै कार्यक्षेत्र हुने गरी स्थापना हुने लघुवित्त संस्था खोल्न दिने भनिएको छ ।

‘संघीय संरचना तथा इ–म्यापिङ्गको अध्ययन प्रतिवेदन समेतलाई दृष्टिगत गरी लघुवित्त संस्थाहरुको वित्तीय पहुँचको अवस्था, स्तर वृद्धि, मर्जर÷प्राप्ति तथा संचालन सम्बन्धमा अध्ययन गरी आवश्यक नीतिगत व्यवस्था गरिनेछ । यस्तो व्यवस्था नभएसम्मका लागि लघुवित्त संस्था स्थापना एवम् वित्तीय कारोबार गर्न इजाजतपत्रको लागि आवेदन लिने कार्य स्थगन गरिएको छ,’ मौद्रिक नीतिमा उल्लेख गरिएको छ ।

नीति सार्वजनिक हुनुभन्दा अगाडि नै निवेदन दर्ता गरेका संस्थालाई भने इजाजत दिने राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणी सिवाकोटीले जानकारी दिए । अहिले यस्तो संस्थाको लाइसेन्स माग्दै सयभन्दा बढी निवदेन दर्ता भएका छन् ।

वित्तीय सेवाको पहुँच कम रहेका मनाङ, जुम्ला, डोल्पा, कालिकोट, मुगु, जाजरकोट, बझाङ, बाजुरा र दार्चुला जिल्लामा प्रधान कार्यालय स्थापना गरी उक्त ९ जिल्ला कार्यक्षेत्र रहने लघुवित्त संस्था स्थापनाको लागि विद्यमान इजाजत नीतिलाई यथावत् राखिएको राष्ट्र बैंकले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.