वित्तीय क्षेत्रका मुख्य ६ सुधार: २१ अर्ब सेयर पुँजी थपियो, ६४ वटा बैंक तथा फाइनान्स विलय

  २०७३ असार ३० गते १४:३८     विकासन्युज

काठमाडौं, ३० असार । नेपाल राष्ट्र बैंकमा गभर्नर डा चिरञ्जीवि नेपालले वित्तीय क्षेत्रमा उल्लेख्य सुधार भएको बताएका छन् । आर्थिक वर्ष २०७३/७४ को मौद्रिक नीति सार्वजनिक गर्दै उनले भने–निक्षेप परिचालन, वित्तीय प्रगाढता, पहुँच, सचेतना लगायतका वित्तीय सूचकहरु सुधारोन्मुख रहेका छन् ।
dr_nepal

वित्तीय क्षेत्रको स्थायित्व एवम्सुदृढीकरणका लागि अगाडि बढाइएको कानूनी सुधार, बैंक तथा वित्तीय संस्थाहरुको पुँजी वृद्धि एवम्बासेल–३ जस्ता नियमनकारी व्यवस्थाहरु कार्यान्वयनको क्रममा रहेको उनले बताए । साथै, तेस्रो चरणको वित्तीय क्षेत्र सुधार कार्यक्रमको तयारी भईरहेको उनले जानकारी दिए ।

२०७३ जेठ मसान्तसम्ममा ९६ वटा इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाहरु एक आपसमा गाभिएर ३५ वटा संस्था कायम भएका छन् । त्यसैगरी, हालसम्म १ वाणिज्य बैंकले २ वित्त कम्पनी र १ विकास बैंकले अर्को १ विकास बैंकलाई प्राप्ति गरेका छन् ।
बैंक तथा वित्तीय संस्थाहरुको चुक्ता पुँजी २०७३ जेठमा रु. १६२ अर्ब २६ करोड पुगेको छ । २०७२ असार मसान्तमा यी संस्थाहरुको चुक्ता पुँजी रु. १४१ अर्ब ६० करोड रहेको थियो ।
२०७३ जेठ मसान्तमा वाणिज्य बैंकहरुको शाखा संख्या १८५१, विकास बैंकहरुको ८४८, वित्त कम्पनीहरुको १९० र लघुवित्त संस्थाहरुको १३३० गरी कुल शाखा संख्या ४२१९ पुगेको छ । तोकिएका कृषि व्यवसायको लागि बैंक तथा वित्तीय संस्थाहरूबाट ६ प्रतिशतको सहुलियत ब्याजदरमा कर्जा उपलब्ध गराउन भएको व्यवस्था अन्र्तगत २०७२ चैत मसान्तसम्ममा २३४२ जना किसानहरूलाई रु. १ अर्ब ९९ करोड कर्जा प्रवाह भएको जानकारी दिए यसलाई वित्तीय क्षेत्रको सुधार भनेका छन् ।
उत्पादनमूलक क्षेत्रहरु कृषि, ऊर्जा, पर्यटन क्षेत्र र घरेलु तथा साना उद्योगमा बैंक तथा वित्तीय संस्थाले कुल कर्जा लगानीको १६.८ प्रतिशत कर्जा लगानी गरेको विषयलाई राम्रो उपलब्धिको रुपमा अथ्र्याएका छन् । प्रवाहित कुल कर्जाको न्यूनतम २० प्रतिशत यस क्षेत्रमा प्रवाह गर्नु पर्ने राष्ट्र बैंकको नियम भएपनि उल्लेखित लगानीलाई सुधारको संकेत भनेको छन् ।
२०७३ जेठ मसान्तसम्ममा रु. ६ अर्ब २२ करोडको साधारण पुनरकर्जा तथा रु. १ अर्ब ३० करोडको निर्यात पुनरकर्जा उपयोग हुनुलाई पनि उनले राम्रो भनेको छन् ।
२ लाखसम्मको बैंक निक्षेपलाई सुरक्षण गर्ने व्यवस्था अनुरुप २०७३ जेठ मसान्तसम्ममा १५० बैंक तथा वित्तीय संस्थाहरुको जम्मा रु. ३१८ अर्ब ३६ करोड निक्षेपको सुरक्षण गरिएको छ । कर्जा सुरक्षण व्यवस्था अन्र्तगत कुल रु. २ अर्ब ९३ करोड कर्जा सुरक्षण भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.