बैंक अफ काठमाण्डू र लुम्बिनी बैंकबीच एकीकृत कारोबार शुरु

  २०७३ असार ३० गते १२:५०     विकासन्युज

काठमाडौं, ३० असार । बैंक अफ काठमाण्डू र लुम्बिनी बैंक आपसमा गाभिएर असार ३० गते मङगलबारदेखि एकीकृत कारोबार शुरु गरेको छ । दुबै कम्पनीको सहमतिमा बैंक अफ काठमाण्डू लुम्बिनी लि. को नामबाट सो कारोबार गर्ने भएका छन् । उक्त एकीकृत वित्तीय कारोवारको समुद्घाटन नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीबि नेपालले एक समारोहकाबीच गरेका हुन् ।

BOKL-Merger-pic-1-(2)

मर्जरको माध्यमबाट एकिकृत हुने यी दुबै बैंक नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त“क”वर्गका वाणिज्य बैंक हुन् । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७३/७४ सम्ममा न्युनतम पूँजी ८ अर्ब रुपैयाँ पु¥याउनु पर्ने निर्देशनको अनु पालना गर्ने सम्बन्धमा दुबै बैंकले मर्जरलाई आधार बनाउन सकिने योजना सार्वजनिक गरे बमोजिम यस मर्जरको पहल गरिएको हो ।

यस मर्जरबाट एकिकृत संस्था बैंक अफ काठमाण्डू लुम्बिनीको कूल चुक्ता पूँजी ४ अर्ब ५७ करोड ६८ लाख ९१ हजार रुपैयाँ पुग्न गएको बैंकले जनाएको छ । साथै, गाभ्ने बैंक बैंक अफ काठमाण्डू तथा गाभिने बैंक लुम्बिनी बैंकको शेयर सट्टा अनुपात १ बराबर ०.८३ कायम गरिएबाट एकिकृत संस्थामा ३९ करोड ५५ लाख ३४ हजार ६ सय ८० रुपैयाँको पूँजी गत जगेडा कोष समेत कायम भएको बैंकद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

बैंकका अनुसार चालु आर्थिक वर्षको तेश्रो त्रैमासको अन्त सम्म बैंक अफ काठमाण्डूको कूल निक्षेप ४० अर्ब ७२ करोड रुपैयाँ तथा कर्जा ३४ अर्ब ८५ करोड रुपैयाँ रहेको छ । त्यस्तै सोहि अवधिमा लुम्बिनी बैंकको कूल निक्षेप २२ अर्ब ९४ करोड रुपैयाँ तथा कर्जा २० अर्ब ३५ करोड रुपैयाँ रहेको छ । त्यसैगरी उक्त अवधि सम्म बैंक अफ काठमाण्डूले खुद मुनाफा ४८ करोड ३५ लाख बढी रुपैयाँ आर्जन गरेको थियो भने लुम्बिनी बैंकले रु. २७ करोड ७९ लाख बढी रुपैयाँ आर्जन गरेको छ ।

साथै यस संचालक समितिको आज बसेको बैठकले बैंक अफ काठमाण्डु लुम्बिनी लिमिटेडको अध्यक्षपदमा सत्य नारायण मानन्धरलाई निर्वाचित गरेको छ साथै प्रमुखकार्यकारी अधिकृतको पदमा अजय श्रेष्ठलाई नियुक्त गरेको छ । एकिकृत संस्था बैंक अफ काठमाण्डूको रजिष्टार्ड तथा मूख्य कार्यालय कमलपोखरी, काठमाण्डौंमा कायम गरिएको छ । दुई बैंकको एकिकरण पश्चात ग्राहकहरुले देश भरीका ७४ शाखा, ६३ एटीएम , ७ काउन्टर र ३३ स्थानबाट शाखा रहित बैंकिङ्ग सेवा लिन सक्ने बैंकद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.