नयाँ मौद्रिक नीतिः मार्जिन ल्याण्डिङमा कडाई, लघुवित्तको स्प्रेड दर ७ प्रतिशत

  २०७३ असार ३० गते ९:४४     विकासन्युज

काठमाडौं, ३० असार । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०७३/७४ को मौद्रिक नीति सार्वजनिक गरेको छ । मौद्रिक नीति मार्फत राष्ट्र बैंकले मार्जिन ल्याण्डिङलाई १० प्रतिशतले घटाएको छ । पछिल्लो समय सेयर कर्जाको मात्रा बढेपछि केन्द्रिय बैंकले मार्जिन ल्याण्डिङमा कडाई गरेको हो । राष्ट्र बैंकले १८० दिनको औसत बजार मुल्य वा बजार मुल्य जुन कम छ त्यसको ५० प्रतिशत मात्रै मार्जिन ल्याण्डिङ गर्न पाउने व्यवस्था अघि सारेको हो । यस अघि ६० प्रतिशतसम्म मार्जिन ल्याण्डिङ गर्न पाउने व्यवस्था रहेको थियो । यसले सेयर बजारमा नकारात्मक प्रभाव पार्ने अनुमान गरिएको छ ।
NRB_
राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले बिहिबार सार्वजनिक गरेको मौद्रिक नीतिले नयाँ लघु वित्त कम्पनी दर्ता पनि बन्द गरेको छ । हाल १० वटा कम्पनीले लघुवित्त कम्पनीको लाइसेन्सका लागि आवेदन दिएका छन् । त्यस्तै लघुवित्त कम्पनीको स्प्रेड दर समेत तोकिएको छ । यस अघि लघुवित्त कम्पनीहरुको स्प्रेड दर निर्धारण गरिएको थिएन् । अब लघुवित्त कम्पनीहरुले ७ प्रतिशत स्प्रेड दरमा लगानी गर्नुपर्नेछ । लघुवित्त कम्पनीहरुले बैंकबाट ४ प्रतिशत ब्याजमा ऋण लिने गरेका छन् । ७ प्रतिशत स्प्रेड दर कायम रहेपछि अब करिब १३ प्रतिशत ब्याजदरमा लघुवित्त कम्पनीहरुले साना कर्जा प्रवाह गर्न सक्ने देखिन्छ । हाल लघुवित्तहरुले प्रवाह गर्ने साना कर्जाको ब्याजदर न्युनतम १८ देखि २२ प्रतिशतसम्म रहेको छ ।

यसैबिच राष्ट्र बैंकले सह वित्तियकरणको सिमा वृद्धि गरेको छ । एउटा वित्तिय संस्थाले ५० करोडसम्म सह वित्तियकरणमा लगानी गर्न पाउने व्यवस्थालाई बढाएर एक अर्ब पुर्याएको छ । मौद्रिक नीतिले अल्पकालिन ब्याजदर सन्तुलित बनाउने अवधारणा अघि सार्दै बचत खाताको ब्याजदर बढाउने संकेत पनि गरेको छ । हरेक नेपालीको बैंक खाता तथा समाजिक सुरक्षा भत्ता बैंक मार्फत दिने बजेटको कार्यक्रमलाई पनि निरन्तरता दिएको छ ।

रियल स्टेट क्षेत्रमा अत्याधिक कर्जा प्रवाह रोक्न पनि बिशेष योजना ल्याउने मौद्रिक नीतिमा उल्लेख छ । त्यस्तै तेश्रो चरणको वित्तिय सुधार कार्यक्रम अघि सार्ने मौद्रिक नीतिले बताएको छ । राष्ट्र बैंकले मुद्रास्फितिलाई साढे प्रतिशतमै सिमित राख्ने बजेटको कार्यक्रमलाई नै निरन्तरता दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.