मोबाइलमा पोर्नोग्राफी हेर्ने गर्नुभएको छ, होसियार ! तपाइको स्क्रिन लक हुनसक्छ

  २०७३ असार २९ गते १६:५७     विकासन्युज

mobileकाठमाडौं २९ असार। तपाईँ आफ्नो मोबाइलमा पोर्नोग्राफी हेर्नुहुन्छ? बताउन चाहने वा नचाहने तपाईँको कुरा हो। अडल्ट इन्टरटेनमेन्टमा पोर्नो मुभी सबैभन्दा बढी हेरिनेमा पर्छ। आफ्नो मोबाइलमा निशुल्क उपलब्ध हुने पोर्नो एप्स राख्नु भएको छ भने त्यो खतरनाक हुनसक्छ।

ह्याकरहरुले लक स्क्रिन मलवेयर विकास गरेका छन् जुन तपाईँले डाउनलोड गरेको पोर्नोग्राफी एपमा लुकाएर राखिएको हुनसक्छ। उनीहरुले स्क्रिन नै लक गर्न सक्छन्। साथसाथै उनीहरुले मोवाइलको डाटा चोरी गर्ने तथा थाहा नपाउने गरेर भाइरस पठाउने गर्दछन् जसका कारण तपाइको महत्वपुर्ण डेटाहरु लिक हुन सक्छ र पछि समस्यामा पर्न सक्नुहुन्छ।

डेल सेक्युरिटी विज्ञ अलेक्स डवरोभस्की र उनको टिमले गरेको अनुसन्धानले पत्ता लागेको तथ्य हो – पोर्नोग्राफी एप बनाउनेले मलवेयरहरु लुकाएर छिराउने गर्छन् जुन तपाईँले नचाहँदा नचाहँदै मोबाइललाई सखाप पार्न पर्याप्त हुन्छ। ४.४ किटक्याट अपरेटिङ सिस्टम रहेको एन्ड्रोइड डिभाइसमा युजरको स्क्रिन ‌ओभरराइड हुँदै लक हुनसक्छ। र यसरी लक भएको मोबाइल स्क्रिन तपाईँले खुलाउनै नसक्ने पनि हुनसक्छ।

त्यसैले मोवाइलमा पाेर्नोग्राफि हेर्नुभन्दा पहिले एकपटक विचार गर्नुहोस र अाफ्नो डेटालाई सुरक्षित राख्नुहोस्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.