ओलीले आजै राजिनामा नदिए काँग्रेसले अविश्वासको प्रस्ताव राख्ने

  २०७३ असार २९ गते ५:३९     विकासन्युज

काठमाडौं, २९ असार । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले प्रधानमन्त्री केपी ओलीलाई राजीनामा दिन आज (बुधवारभरी) को समय दिएको छ । नेकपा माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि सरकार अल्पमतमा परेको भन्दै काँग्रेसले तत्काल राजीनामा दिन भनेको हो । प्रधानमन्त्रीले आजै राजीनामा नदिए आज बेलुकी वा भोलि नै अविश्वासको प्रस्ताब राखेर सरकार हटाउने तयारी काँग्रेसले गरेको छ ।

बुधवार विहान बसेको काँग्रेस केन्द्रीय समितिको बैठकले यस्तो निर्णय गरेको हो । ‘प्रधानमन्त्रीले आजै राजीनामा दिनुभयो भने राम्रै भयो, होइन भने आज बेलुकासम्म वा भोलि विहानै अविश्वासको प्रस्ताव दर्ता गर्ने भन्ने पार्टीको निर्णय छ,’ नेपाली काँग्रेसका नेता रामहरी खतिवडाले भने ।

उनले अवको सरकार माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको नेतृत्वमा बन्ने पनि जानकारी दिए । ‘माओवादी र काँग्रेसविच सहमति भएको छ, अवको सरकारको नेतृत्व प्रचण्डले गर्ने भन्ने सहमति कार्यान्वयन गर्ने निर्णय बैठकले गरेकोले यसमा दुविधा नै छैन,’ उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.