“बेष्ट इन्टरनेट बैंक २०१६” अवार्ड ग्लोबल आइएमई बैंकलाई

  २०७३ असार २९ गते ४:४०     विकासन्युज

काठमाडौं, २९ असार । ग्लोबल आइएमई बैंकले “बेष्ट इन्टरनेट बैंक २०१६” अवार्ड पाएको छ । लण्डनबाट प्रकाशित हुने इन्टरनेशनल फाइनान्स म्यागजिनले हरेक वर्ष एउटा देशका उत्कृष्ट बैंकलाई यो अवार्ड प्रदान गर्दै आएको छ ।
global-ime-bank
प्रसिद्ध म्याग्जिन “इन्टरनेशनल फाइनान्स म्यागजिन” ले ग्लोबल आइएमई बैंकलाई गुणस्तरिय इन्टरनेट बैंकिङ्ग सेवा प्रदान गरेको आधारमा उक्त सम्मानद्धारा सम्मानित गरेको हो ।

ग्लोबल आइएमई बैंकले अत्याधुनिक प्रबिधियुक्त सुरक्षित ग्लोबल अनलाईन इन्टरनेट बैंकिङ्ग तथा ग्लोबल स्मार्ट मोबाइल बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ ।

“सबैका लागि बैंक” भन्ने उद्धेश्यका साथ स्थापना भएको ग्लोबल आइएमई बैंकका हाल ९१ वटा शाखा, ९९ एटिएम र ४० वटा शाखारहित बैंकिङ्ग सेवा रहेका छन् भने बैंकले ६ लाख भन्दा बढि ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको छ ।

ग्लोबल आइएमई बैंकले इण्डिया र अष्ट्रेलियामा आफ्ना सम्र्पक कार्यालय स्थापना गरेर सेवा प्रदान गर्दे आईरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.