बैंक अफ काठमाण्डू लुम्बिनीले भोलिदेखि कारोबार गर्ने, वाणिज्य बैंकको संख्या २८

  २०७३ असार २९ गते ४:२५     विकासन्युज

काठमाडौं, २९ असार । बैंक अफ काठमाण्डू लुम्बिनी लिमिटेडले भोलि असार ३० गतेदेखि बैंकिङ करोबार गर्ने भएको छ । बैंक अफ काठमाण्डू र लुम्बिनी बैंक मर्ज भई बनेको यो बैंकले एकिकृत कारोबार गर्न लागेका हुन् । यो मर्जसँगै वाणिज्य बैंकहरुको संख्या २८ मा झरेको छ ।
BOK-lumbali
मर्जपछि बनेको बैंक अफ काठमाण्डू लुम्बिनीको सेयर पुँजी ४ अर्ब ६७ करोड रुपैयाँ भएको छ । संचित कोष २ अर्ब ८४ करोड रुपैयाँ भएको छ । मर्जको क्रममा स्वाप रेसियो निर्धारण गरेपछि सेयर पुँजी र संचित कोष रकममा केही घटबढ हुनसक्छ ।

यस बैंकको निक्षेप करिव ६४ अर्ब रुपैयाँ हुनेछ भने कर्जा तथा लगानी पनि करिव ६४ अर्ब रुपैयाँ हुनेछ । मर्जपछि बैंकको शाखा ७४ वटा हुनेछन् । वित्तीय रुपमा दुबै बैंक स्वस्थ रहेकोले मर्जपछि यो बैंकले राम्रो सिनर्जी प्राप्त गर्ने विश्वास गरिएको छ ।

मर्ज प्रक्रिया पुरा भएपछि लुम्बिनी बैंकमा प्रमुख कार्यकारी अधिकृत शोभनदेव पन्तले राजीनामा दिएका छन् भने नयाँ बैंकको प्रमुख कार्यकारी अधिकृत बैंक अफ काठमाण्डूका अजय श्रेष्ठ हुने भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.