पर्यटन बोर्डले अमेरिकामा सेल्स मिसन, अमेरिकी पर्यटकको आगमनमा वद्दि हुने विश्वास

  २०७३ असार २७ गते १३:५९     विकासन्युज

Nepal-Tourism-Boardकाडमाडौं२७ असार। नेपालमा अमेरिकी पर्यटकको आकर्षणको केन्द्र बनाउनका लागि नेपाल टुरिजम बोर्डले अमेरीकामा सेल्स मिसन सञ्चालन गरेको छ।

भारतीय र चिनियाँ पर्यटकपछि नेपालमा अमेरीकी पर्यटकहरु धेरै आउने गरेका छन्। अमेरिकी पर्यटकहरुलाई नेपालमा मुख्य आकर्षक गन्तव्य बनाउनका लागि नेपाल टुरिजम बोर्ड र पर्यटन विभागले नेपालको पर्यटन क्षेत्रलाई बढावा दिनका लागि सेल्स मिसन सञ्चालन गरेको हो।

पर्यटन बोर्डको तथ्यांक अनुसार वार्षिक ५० हजारको सख्ंयामा अमेरिकी पर्यटक नेपालमा आउछन् भने उनीहरुले खर्च गर्ने रकम र बसाई अवधि पनि लामो हुने गर्दछ। अमेरिकी पर्यटक कम्तीमा पनि दुई हप्ता नेपाल बस्ने गर्दछन् भने उनीहरुको सरदर दैनिक ४२ देखि ५० अमेरिक डलर सम्म खर्च गर्ने गरेको अध्ययनले देखाएको छ।

विनासकारी भहाभूकम्प र भारतीय नाकावन्दीले तहसनहस बनाएको नेपालको पर्यटन क्षेत्रमा सकारात्मक प्रवाह दिनका लागि पर्यटन क्षेत्रमा यस्तो प्रचार प्रचार गरेको बोर्डले जनाएको छ। नेपाल आएर धेरै पैसा खर्च गर्ने र लामो समय अवधि बस्ने अमेरिका, क्यानडा, अष्ट्रेलिया र बेलायका ‘क्लालिटी टुरिस्ट’ को संख्यामा कमी आइरहेको अबस्थामा नेपाल पर्यटन बोर्डले अहिले अमेरिकाबाट सेल्स मिसनको सुरुवात गरेको हो।
बोर्डले अमेरिकाको पाँच राज्यमा ‘नेपाल सेल्स समिट यूएस २०१६’ आयोजना गरेको हो। अमेरिकाको डेनभर, फोनिक्स, लस एन्जल्स, स्याटल र फ्लोरिडामा गरिएको कार्यक्रम नेपालको पर्यटन प्रबद्र्धनको लागि कोशेढुङ्गा साबित भएको सहभागित नेपालका पर्यटन ब्यबसायीले जनाएका छन्। जुन १९ तारिख देखि अमेरिकामा भइरहेको सेल्स समिटमा अमेरिकी ट्राभल एजेन्टको उत्साहप्रद सहभागिता रहेको प्यासिफिक एसिया ट्राभल एसोसियसन ९पाटा० नेपाल च्याप्टरका अध्यक्ष एवं एक्सप्लोर हिमालयका संचालक सुमन पाण्डेले जानकारी दिए।

नेपाल पर्यटन बोर्डका बरिष्ट पर्यटन अधिकृत सुधन सुबेदीले अमेरिकी पर्यटकलाई नेपाल भित्राउन यो कार्यक्रमले ठूलो भूमिका निर्वाह गर्ने विश्वास गरे। नेपालमा आउने अमेरिकी पर्यटकहरुको संख्या नघटोस भनेर यो मिसनको सुरुवात गरेको उनले बताए। संसारकै उत्कृष्ठ गन्तव्य नेपाल भएकाले सामान्य अवस्थामा नेपाल चिनाउन पनि यो मिसनले धेरै महत्वपुर्ण योगदान हुने उनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.