बजाज भि–१५ मोटरसाइकल लमजुङ्मा, मोटर साइकलका शोखिनहरुका लागि नयाँ मोडल

  २०७३ असार २७ गते १०:३७     निरज अधिकारी

बेसीशहर २७ असार । बजाजको आधिकारी बिक्रेता ग्लोबल अटो लिङ्कस बेसीशहरले बजाज मोटर साइकलका शोखिनहरुका लागि नयाँ मोडल बजारमा ल्याएको छ । अटो लिङ्कसले सोमबार बजाज भि–१५ सार्वजनिक गरेको हो । यो बिल्कुलै नयाँ रेञ्ज भएको दावी अटो लिङ्कसले गरेको छ ।
bajaj_lamjungयो मोटरसाइकल निकै आकर्षक छ । डिटिएस–आई टेक्नोलोजीमा बनेको यो मोटरसाइकलको क्षमता १५० सिसी छ । कच्ची तथा खाल्टा परेका सडकमा समेत सजिलै चलाउन सकिने गरि डिजाइन गरिएको यो मोटरसाइकल युवा पुस्ताले निकै रुचाउने विश्वास गरेको ग्लोबल अटो लिङ्कसका प्रोपाइटर विनोद श्रेष्ठले बताए । उनले भने, “यो बाइक अन्य बाइकको तुलनामा फरक छ, कच्ची सडक, पिच सडकमा भएका खाल्टाखुल्टी, अव्यवस्थित ट्राफिक जाम जस्ता चुनौतिको सामना गर्न सक्ने गरि डिजाइन भएको छ ।”

भरपर्दो र शक्तिशाली सवारी साधनका रुपमा यो मोटर साइकल लमजुङ ल्याएको पनि उनले जानकारी दिए । यो बाइकको मूल्य दुई लाख चार हजार नौं सय रुपैयाँ तोकिएको छ ।

बजाज भि–१५मा मोटर साइकलमा सडकमा आइपर्ने चुनौतिका सामना गर्न चाहिने एक्स्ट्रा ग्रीपका लागि फराकिलो टायर, सिटलाई सिंगल र डबल बनाउन मिल्ने फरक सुविधा, चलाउँदा उत्कृष्ट व्यालेन्स, बलियो मेटलको प्रयोग र आकर्षक मोडल रहेको समेत श्रेष्ठले जानकारी दिए ।
बाइकको अगाडिको टायरमा डिस्क ब्रेक र पछाडि ड्रमब्रेक प्रयोग गरिएको छ । दुबै टायर ट्युवलेस छन् । बाइकमा १३ लिटर इन्धन अट्छ ।

यसमा १.७ लिटर रिजर्भमा बस्छ । यो बाइक दुई वटा रंगमा बजारमा उपलब्ध छ । अटो लिङ्कसले दिएको जानकारी अनुसार पर्ल ह्वाइट र इबोनी ब्लयाकमा यी बाइक उपलब्ध छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.