नेपालगन्ज जोड्ने रेल सेवा भारत सरकारद्धारा बन्द

  २०७३ असार २६ गते ६:४५     विकासन्युज

mono_metro-railबाँके, २६ असार । अङ्ग्रेजको पालादेखि नेपालगन्ज जोड्ने रेल सेवा भारत सरकारले पहिलोपल्ट बन्द गरेको छ । रेलको लिक निकै पुरानो भएकाले मर्मत गर्न र विस्तार गर्न सेवा बन्द गरिएको हो ।

नेपालगन्जसँग जोडिएको रुपैडिहादेखि गोन्डासम्मका लागि सानो रेल सञ्चालन हुँदै आएको थियो । गोन्डा यस्तो रेलवे स्टेसन हो, जसले सिङ्गो भारतलाई जोडेको छ । सेवा बन्द भएपछि रुपैडिहा–गोन्डासम्मको सोझो रेल सम्पर्क चार दिनदेखि टुटेको छ ।

भारत सरकारले रुपैडिहा–गोन्डासम्मको पुरानो रेल सेवा हटाएर ब्रोड गेजको ९बडिलाइन० सेवा सञ्चालन गर्न निर्णय गरिसकेको छ । उसले मर्मत र विस्तारको काम सुरु गरिसकेको छ ।

सीमाञ्चल पत्रकार एसोसिएसन इन्डो नेपाल उत्तर प्रदेशका प्रमुख एसके मदेसियाले नयाँ रेल विस्तारपछि नेपालगन्ज सोझै दिल्लीसँग जोडिने बताए । तर, सीमावर्ती आफ्ना नागरिकका लागि भने रुपैडिहा–बहराइचसम्म दिनमा दुईपल्ट रेल सञ्चालनमा छ ।
बाँकेका प्रमुख जिल्ला अधिकारी रविलाल पन्थले नेपालगन्ज जोड्ने रेल सेवा भारतले बन्द गरेको बारे जानकारी नभएको बताए । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.