सगरमाथा इन्स्योरेन्सको कार्यकारी प्रमुखमा चङ्की क्षेत्री नियुक्त, समितिबाट स्वीकृति हुन बाँकी

  २०७३ असार २५ गते ७:४६     विकासन्युज

काठमाडौं, २५ असार । सगरमाथा इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा चङ्की कुँवर क्षेत्री नियुक्त भएका छन् । एक साताअघि बसेको कम्पनीको सञ्चालक समितिको बैठकले क्षेत्रीलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय लिएको छ ।

चङ्की कुँवर क्षेत्री

चङ्की कुँवर क्षेत्री

सञ्चालक समितिको निर्णयलाई बीमा समितिले स्वीकृत गर्न बाँकी रहेको छ । बीमा कम्पनीको कार्यकारी प्रमुख हुन बीमा समितिले तोकेको सबै मापदण्ड तथा योग्यता पुगेकोले कम्पनीको निर्णयलाई समितिले स्वीकृति गर्ने पक्कापक्की रहेको बताईएको छ ।

यस कम्पनीमा करिव १६ वर्षसम्म कार्यकारी प्रमुखको जिम्मेवारी समालेका केबी बस्नेतले अवकाश लिएका छन् । अब उनी कम्पनीमा सल्लाकारको भूमिकामा रहने स्रोतले बतायो ।

बस्नेतले अवकाश लिएपछि कामु प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी क्षेत्रीले पाएका छन् । उनी सोही कम्पनीमा डेपुटी जनरल म्यानेजर थिए ।

शंकरदेव क्याम्पसबाट विकम र एस इन्स्टीच्यूट अफ म्यानेजमेन्टबाट इएमबीए गरेका क्षेत्री विगत दुई दशकदेखि बीमा क्षेत्रमा सक्रिय छन् । उनले सगरमाथा इन्स्योरेन्समा १६ वर्ष काम गरिसकेका छन् । त्यसअघि उनले यूनाईटेड इन्स्योरेन्स र ओरेन्टर इन्स्योरेन्स कम्पनीमा काम गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.