शुक्रबार र शनिबार दिनभर बैंक खुला राख्न राष्ट्र बैंकको निर्देशन

  २०७३ असार २४ गते १४:२९     विकासन्युज

काठमाडौं, २४ असार । नेपाल राष्ट्र बैंकले भोली शनिवार पुरै समय बैंक खोल्न सरकारी कारोबार गर्ने बैंकहरुलाई निर्देशन दिएको छ । केन्द्रिय बैंकले राजश्व बुझ्नका लागि बैंकहरुलाई यस्तो निर्देशन दिएको हो ।

nrbशुक्रबार सूचना जारी गर्दै केन्द्रिय बैंकले आगामी २५ गते शनिवार र असार ३१ गते शुक्रबारका दिन पुरै समय बैंक खोलेर राजश्व वुझ्न निर्देशन दिएको हो ।राष्ट्र बैंकले सरकारी कारोबार गर्ने सबै बैकका नाम सूचना जारी गर्दै भोली साँझ ४ बजेसम्म र अर्को शुक्रवार अर्थात ३१ गते साँझ ५ बजेसम्म राजश्व बुझ्न निर्देशन दिएको हो ।

चालु आर्थिक बर्षको राजश्व बुझ्ने अन्तिम साता भएकाले राष्ट्र बैंकले राजश्व बुझ्ने समय मिलाउन निर्देशन दिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.