सामसंग किनमेल महोत्सव सम्पन्न, ७ जनाले पाए उपहार

  २०७३ असार २३ गते १३:५१     विकासन्युज

काठामाडौं, २३ असार । सामसंग प्लाजा कार्निभल यहि जून २४ तारिखमा भव्य रुपमा सम्पन्न भएको छ । यसलाई किनमेलसँग समिश्रण गरिएको थियो । विभिन्न स्थानमा आयोजना गरिएको कार्निभलका साप्ताहिक भाग्यशाली बिजयीहरुको नामावली पनि सार्वजनिक गरिएको छ । यो कार्निभल आयोजना गर्नका लागि देशभरका प्रमुख ७ वटा स्थानहरु छनौट गरिएको थियो ।
carnival logo
साप्ताहिक भाग्यशाली बिजेताहरुमध्ये नयाँबानेश्वरमा विजय राईले, सिभिलमल, कुपण्डोलमा अरबिन्द श्रेष्ठले, भक्तपुरमा नातिकाजी गुरुंगले, के.एल. टावरमा दोर्जे लामाले टाइमेक्स घडी जितेका छन् । त्यस्तै कुमारीपाटिमा सनिश महर्जनले १६ जीबीको पेनड्राईभ पाएका छन् ।

कार्निभल सामसंगका उत्कृष्ट उत्पादनहरु सूपथ मूल्यमा खरिद गर्नका लागि एउटा अवसर बनेको कम्पनीले जनाएको छ । ‘यो एउटा रोमान्चक तथा आकर्षक किनमेलको वृहत उत्सवभएको थियो, जसले हरेक उत्पादनको खरिद गर्दा तपाईँलाई विशेष बनाएको थियो । कार्निभलको अवसरमा विभिन्न किसिमका छुटहरु खरिदको समयमा प्रदान गरिएको थियो’ कम्पनीले भनेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.