२०७३ असार २३ गते ६:३६ विकासन्युज
काठमाडौ, २३ असार । नेपाल घरेलु तथा साना उद्योग महासंघको एक टोली वन तथा कृषि सहज कार्यक्रम अन्तर्गत बुधबार इलामतर्फ प्रस्थान गरेको छ । काभ्रे शाखासहित २५ जनाको टोलीले इलाममा अलैंची, तरकारी, चिया, अम्रिसोलगायतको अवलोकन गर्नुका साथै सम्बन्धित उद्यमीहरूसँग छलफल तथा अन्तरक्रिया गर्ने कार्यक्रम रहेको महासंघले जानकारी दिएको छ ।
उक्त टोलीले त्यहाँ रहेको अलैंची खेती तथा प्रशोधन केन्द्र, अम्रिसो र बाँस खेती तथा प्रशोधन केन्द्र, बेमौसमी तथा मौसमी तरकारी खेती, अदुवा खेती, चिया खेती तथा प्रशोधन केन्द्रको अवलोकन गरेको छ । अवलोकनसँगै महासंघ इलाम शाखा, वन कार्यालय, कृषि कार्यालय र घरेलु कार्यालयसँग सम्बद्घ व्यक्तित्व, उद्यमी, कृषकलगायतसँग अन्तक्र्रिया तथा छलफल गरी शुक्रबार काभ्रे फर्कने कार्यक्रम रहेको कार्यक्रम संयोजक जगन्नाथ पौडेलले जानकारी दिए ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.