ललिपपमा भेटियो मेलाइक एशिड, बिक्रिमा प्रतिबन्ध लगाउन माग

  २०७३ असार २२ गते ८:४१     विकासन्युज

काठमाडौं, २२ असार । एशियन बिस्कुटस एण्ड कन्फेक्सनरी प्रालिद्धारा उत्पादित गुडलाइफ ग्लोपप नामक ललीपपमा मानव स्वास्थ्यका लागि खतरानाक मेलाइक एशिड धातु फेला परेको छ । सो ललिपप खाएर खाएर बर्दिया जिल्लाको बर्दिया जिल्लाको सानोश्री ताराताल नगर पालिका वडा नं. ५ को एक स्कूलका ४ जना विद्यार्थीहरु बिरामी भएको थिए ।
Cake pops
त्यसका आधारमा राष्ट्रिय उपभोक्ता मञ्चले खाद्य प्रबिधी तथा गुण नियन्त्रण विभागमा उजुरी दिएको थियो ।
गुडलाइफ ग्लोपपको पाइप नलिमा रहेको मेलाइक एशिडले ललिपप उपभोग कर्ताको स्वास्थ्यमा गम्भिर असर गर्ने पुष्टि भएको हो । विभागले समेत अखाद्य घोषित गर्दै असार १ गतेदेखि सो ललिपप उत्पादनमा रोक लगाउँदै बजारमा रहेका ललिपप फिर्ता गर्न निर्देशन दिएको थियो ।

तर अझै पनि झापा, सुनसरी, मारंग, स्यांग्जा, कास्की, पर्वत, बागलुंग, म्याग्दी, बांके, बर्दियामा त्यस्ता ललिपप बिक्रिवितरण भैरहेको मञ्चले आरोप लगाएको छ । मञ्चले ललीपपमा प्रयोग हुने स्टिकमा खाद्य ऐन, २०२३ को मापदण्ड बिपरित अखाद्य वस्तुको प्रयोग भएको पाइएको भन्दै जेठ २३ को खाद्य प्रबिधि तथा गुण नियन्त्रण बिभागको बिश्लेषण प्रतिवेदन र त्यसै बिभागको यस मन्चलाई लेखिएको असार ९ गते पत्र लेख्दै ललिपपमा मेसाइक एशिड फेला परेको प्रतिवेदन तयार पारेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.