६ बुँदे घोषणा पत्र जारी गर्दै राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन सकियो

  २०७३ असार २२ गते ५:५१     विकासन्युज

turgan pअसार २२, काठमाडौं । टुरिष्ट गाइडहरुको छाता संगठन राष्ट्रिय टुरिष्ट गाईड एशोसिएन अफ नेपाल(टुर्गान)ले ६ बँुदे घोषणपत्र जारी गर्दै दोस्रो राष्ट्रिय टुरिष्ट गाईड सम्मेलन सम्पन्न गरेको छ ।

दिगो पर्यटनका लागि व्यवसायीक दक्षता भन्ने मूल नाराका साथ सम्पन्न सम्मेलनले पर्यटन क्षेत्रलाई दिगो बनाइराख्न पथपर्दशकहरुको बिमा गरिनुपर्ने, पथपर्दशकका लागि छुट्टै शैक्षिक व्यवस्था तयार गर्नुपर्ने, पथ प्रर्दशकहरुलाई उचित पारिश्रमिकको व्यवस्था गरिनुपर्ने, टिप्सको व्यवस्था गरिनुपर्ने, पुरातात्विक क्षेत्रहरुको आधिकारीक अनुमति पाउनुपर्ने लगायतका मागसहितको घोषणा पत्र जारी गरेको छ ।

सम्मेलनमा (टुृर्गान) का महासचिव हेमविक्रम शाहिले ६ बुँदे घोषणा पत्र जारी गर्दै यथासक्य छिटो मागहरुको सम्बोधन गरिनुपर्ने कुरामा जोड दिए । त्यस्तै कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री आनन्दप्रसाद पोखरेलले गाइडहरुका जायज मागहरु पुरा गर्न सरकार तत्पर रहेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.