एनसेलले भारत कल शुल्क ३३ प्रतिशत घटायो, प्रतिमिनेट एक रुपैयाँ ९९ पैसा मात्र

  २०७३ असार २२ गते ५:३०     विकासन्युज

काठमाडौं, २२ असार। एनसेलका सबै ग्राहकले अब प्रतिमिनेट एक रुपैयाँ ९९ पैसामा भारतमा फोन गर्न पाउने भएका छन् । मोबाईल सेवा प्रदायक कम्पनी एनसेलले भारतको कल महशुललाई ३३ प्रतिशतले घटाएको हो । यस अघि भारत फोन गर्दा दुई रुपैयाँ ९९ पैसा लाग्ने गरेको थियो ।
ncell1-150x150
ईन्डिया कलिङ योजना बुधबारबाट तीन महिनाका लागि लागु हुने कम्पनीले जनाएको छ । यस योजनाअन्तर्गत एनसेलका प्रिपेड र पोष्टपेड सबै ग्राहकले अब कर बाहेक फ्ल्याट एक रुपैयाँ ९९ पैसा प्रतिमिनेटमा भारतको कुनै पनि नेटवर्कमा कुरा गर्न सक्नेछन् ।

ग्राहकले एस्ट्रिक्स् १७१०७ ह्यास डायल गरी योे योजनामा निशुल्क सहभागी हुन सक्ने एनसेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । साथै ग्राहकले अंग्रजीमा ‘ए’ टाइप गरी १७१०७ मा एसएमएस पठाएर पनि योे योजना सुचारु गर्न सक्छन् ।

भारतमा ठूलो संख्यामा नेपालीहरु शिक्षा तथा रोजगारीका निमित्त बस्ने गरेका छन् । त्यसैगरी थुप्रै नेपालीहरु भारतसँग व्यापार व्यवसायमा संलग्न रहेका छन् भने प्रत्येक वर्ष भ्रमण तथा तीर्थका लागि पनि नेपालीहरु भारत जाने गरेको छन् । “यो योजनाले हाम्राग्राहकलाई भारतमा रहेका आफ्ना परिवारका सदस्य, साथीभाई र व्यावसायीक साझेदारहरुसँग अझ सुलभ शुल्कमाकल गरी सम्पर्कमा रहिरहनसहयोग पुर्याउने छ,” एनसेलका कर्पोरेट संवाद विज्ञ मिलन शर्माले भने ।

योजनामा सहभागी भएका ग्राहकले अंग्रेजी ‘आर’ टाइप गरी १७१०७ मा एसएमएस पठाई बाहिरिन पनि सक्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.