हङकङमा नेपालको पर्यटन प्रवद्रधन गरिने

  २०७३ असार २० गते ७:२०     विकासन्युज

काठमाडौं, २० असार । भूकम्पपछि थलिएको नेपालको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले हङकङमा हाइकिङ (लामो दूरीको पैदल यात्रा) को आयोजना गरिने भएको छ । ‘हाइक फर नेपाल’ शीर्षकमा हुने पैदल यात्रा करिब १३ किलोमिटरको हुने आयोजक मितेरी समाज हङ्कङले जनाएको छ ।

‘नेपालकालागि सँगसँगै पाइला चालौँ’ भन्ने नारा दिइएको कार्यक्रम आगामी साउन ९ गते हुनेछ । ‘हामी उठ्नेछौँ’ अभियान अन्तर्गत हुने उक्त पैदल यात्रामा १० पटक सगरमाथा आरोहण गरिसकेका चर्चित कीर्तिमानी आरोही फुर्वा तेन्जिङ् शेर्पा सहभागी हुनेछन् । उनले १७ देखि २४ वर्षको उमेरभित्र ९ पटक सगरमाथाको शिखर चुमेर विश्व कीर्तिमान बनाएका छन् ।

तीन दिनमै दुईपटक सगरमाथा आरोहणको अर्को कीर्तिमान पनि उनकै नाममा छ । शेर्पाले हङ्कङेलीसँगै विदेशीसँग हिमाल आरोहणका सफलता, समस्या र चुनौतीबारे अन्तर्किया समेत गर्ने बताइएको छ । अन्तर्राष्ट्रिय हङकङको केन्द्रविन्दु सेन्ट्रलबाट सुरु हुने यात्रा वानचाई ग्याप, वाङ नाई, चुङ रिजर्भर पार्क हुँदै रिपल्स बेमा पुगेर टुङ्गिनेछ । हङ्कङका अग्ला भू–भागमा हुने हाइकिङमा नेपालीसँगै विदेशी पनि सहभागी हुने समाजका अध्यक्ष तुलसी गुरुङले बताए । भूकम्पपछि थलिएको नेपालको पर्यटन क्षेत्रलाई उकास्न यस्ता कार्यक्रमले टेवा पुग्ने उनको भनाइ थियो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.