काठमाडौं–कुलेखानी–हेटौडा सुरुङ मार्गमा चिनियाँ लगानी भित्र्याउन पहल

  २०७३ असार २० गते ५:३०     विकासन्युज

काठमाडौं, २० असार । काठमाडौं–कुलेखानी–कुलेखानी–हेटौडा सुरुङ मार्ग निर्माण गर्न चिनियाँ लगानी भित्र्याउन पहल भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको पहलमा चिनियाँ कम्पनीले सुरुङ मार्गमा लगानी गर्न लागेको बताइएको छ ।

npclनेपाल पूर्वाधार विकास कम्पनीले निर्माण गर्ने सुरुङ मार्गको लम्बाई ५८ किलोमिटर छ भने ३५ अर्ब रुपैंया लागत अनुमान गरिएको छ । सन् २०१६ को अन्त्यसम्ममा निर्माण सम्पन्न गरेर सञ्चालन गर्ने लक्ष्यसहित सरकारसँग परियोजना लिएको कम्पनीले अहिलेसम्म लगानी जुटाउन पनि सकेको छैन ।

बुट मोडलमा निर्माण गर्न लागिएको काठमाडौं–कुलेखानी–हेटौडाँ सुरुङ मार्गमा चिनियाँ लगानी कुन मोडलमा भित्र्याउने भन्नेबारे भने अझै टुंगो लागिसकेको छैन् । निर्माण, सञ्चालन र हस्तान्तरणको अवधारणामा निर्माण हुने सुरुङ मार्ग ३३ वर्ष सञ्चालन गरेर सरकारलाई बुझाउनु पर्नेछ ।

आन्तरिक विवादका कारण संस्थापक अध्यक्ष कुशकुमार जोशीले राजीनामा दिएपछि एनआरएन उपाध्यक्ष भवन भट्ट कम्पनीको अध्यक्ष बनेका छन् । स्थापना कालदेखि नै कम्पनीको प्रमुख कार्यकारी अधिकृत रहेका सुवर्णलाल बज्राचार्यलाई हटाएर आफ्नै कम्पनी टिबिई ग्रुपका सिइओ सनत न्यौपानेलाई पूर्वाधार विकास कम्पनीको सिइओ बनाएका थिए । हाल न्यौपानेलाई समेत हटाईसकिएको स्रोतले बतायो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.