काँचो सुन ल्याउन नदिने भन्सार नीति खारेज गर्न माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन पत्र

  २०७३ असार १७ गते ७:१८     विकासन्युज

Gold bars

Gold bars

काठमाडौं, १७ असार । प्रवासी नेपालीहरुले काँचो सुन ल्याउन नपाउने भन्सार नीति खारेजीको माग गर्दै प्रधानमन्त्री केपी ओलीलाई ज्ञापन पत्र बुझाएका छन् । सरकारले साउन १ गतेदेखि विदेशबाट काँचो सुनचाँदी ल्याउन प्रतिबन्ध लगाउने निर्णय गरेपछि प्रवासी नेपालीले प्रधानमन्त्री कार्यालयमा ज्ञापन पत्र मेल गरेका हुन् ।

वैदेशिक रोजगारका क्रममा तथा आवासियरुपमा विदेशमा रहेका प्रवासी नेपालीहरुको संस्था नेपाली साझा मंच मार्फत उनीहरुले सुनचाँदीका तयारी गहना मात्रै नेपाल ल्याउन दिने नीति प्रवासीहरुलाई पीडा दिने र तस्करहरुलाई फाइदा हुने भएको खुल्ला पत्रमा ठहर गर्दै खारेज गर्न माग गरेका छन् । नयाँ भन्सार नीति खारेज गरेर साविककै नीति कार्यान्वयन गराउन माग गर्दै उनीहरुले सुन तस्करलाई कारवाही गर्न पनि अनुरोध गरेका छन् ।
उक्त खुल्ला पत्र अमेरिका, युके, जर्मन, इटली, इजरायल, बहराईन, कुवैत, कतार, दुबई, साउदी अरब, मलेसिया लगायतमा रहेका प्रवासी नेपालीहरुले सयुंक्त रुपमा नेपाली साझा मंच मार्फत असार १६ गते सामाजिक संझाल मार्फत सो खुल्ला पत्र सार्वजनिक गरेका हुन् ।
मञ्चका अन्तराष्ट्रिय अभियन्ता महेश श्रेष्ठका अनुसार प्रधानमन्त्रीको कार्यालयका प्रवक्ता विनोद बहादुर कुँवर र सूचना अधिकृत चिरिन्जीवि पौडेललाई मेल गरिएको बताए ।

अभियन्ता श्रेष्ठले छिमेकी भारतले आफ्ना नागरिकलाई पुरुषका हकमा २० ग्राम र महिलाले ४० ग्राम सुन भंसार शुल्क नतिरी र भंसार शुल्क तिरेर भने १ किलोसम्म ल्याउन दिने नीति अवलम्बन गरेको जानकारी दिदै भंसार विभागको नयाँ नीतिको विरोध गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.