माइक्रोम्याक्सको २३६५० रुपैंयाँ पर्ने क्यानभास मोबाइल ६ बजारमा

  २०७३ असार १५ गते १२:५३     विकासन्युज

micromaxकाठमाडौं, १५ असार । प्रसिद्ध भारतीय मोबाइल ब्राण्ड माइक्रोम्याक्सले इ४८५ क्यानभास ६ मोबाइल नेपाली बजारमा भित्र्याएको छ ।

बजार मुल्य २३ हजार ६ सय ५० रुपैंयाँ पर्ने ई४८५ क्यानभास ६ मा १ दशमलब ३ गिगाहर्जको अ‍ेक्टाकोर प्रोसेसर, ३२ जिबीको रोम, ५ दशमलब ५ इञ्चको एचडी डिस्प्ले र ३००० एमएएचको ब्याट्री रहेको छ ।
यसमा १३ एमपीको हाईरिजोलुसन क्यामेरा, वाइड एंगल लेन्स भएको ८ मेगापिक्सेलको अघिल्लो भागको क्यामेरा रहेको छ ।

यो स्मार्टफोन एन्ड्रोइडको ललीपप ५ दशमलब १ अपरेटिंग सिस्टममा आधारित रहेको छ । यसमा हाइब्रिड भएको डबल सिमको सुबिधा साथमा थ्रीजी र फोर नेटवर्कको सुबिधा पनि थपिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.