सेञ्चुरी बैंकको शाखा रहित बैकिङ्ग सेवा अब धनकुटाको भेडेटारमा

  २०७३ असार १४ गते १०:३१     विकासन्युज

काठमाडौं, १४ असार । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले सोमबारदेखि धनकुटाको भेडेटारमा शाखारहित बैंकिङ्ग सेवा शुरु गरेको छ । बैंकले यसअघि घोरेटार (भोजपुर), चौमाला (कैलाली), त्रिभुवनवस्ती (कंचनपुर), केराबारी (मोरंङ), लामीडांडा (खोटाङ्ग), कटरिया (रौतहट), महादेवस्थान – ४ (हलेशी ( खोटाङ्ग) र बाक्सिला (खोटाङ्ग) बाट शाखारहित बैकिङ्ग सेवा पनि प्रदान गदै आएको बैंकद्धारा जारी विज्ञेप्तिमा उल्लेख छ ।

century_bankयस बैंकले आ.व. २०७२/७३ को चैत्र मसान्त सम्म कुल निक्षेप २६ अर्ब १ करोड रुपैयाँ र कर्जा रकम २२ अर्ब ८३ करोड रुपैयाँ परिचालन गरेको छ । साथै, सञ्चालन मुनाफा ३४ करोड ५० लाख रुपैयाँ र खुद मुनाफा २३ करोड २४ लाख रुपैयाँ आर्जन गर्न सफल भएको बैंकले जनाएको छ ।

बैंकले हालसम्ममा ३१ वटा शाखा, २९ वटा ए.टी.एम्, ८ वटा शाखारहित बैंकिङ्ग र ३ वटा एक्सटेन्सन् काउन्टरबाट ग्राहकवर्गसमक्ष बैकिङ्ग सेवा प्रदान गर्दै आइरहेको बैंकद्धारा जारी विज्ञेप्तिमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.