अपर पिलुवा खोला दोश्रो जलविद्युत आयोजनामा एनबीबीले लगानी गर्ने

  २०७३ असार १४ गते ७:३५     विकासन्युज

काठमाडौं, १४ जेठ । अपर पिलुवा खोला दोश्रो जलविद्युत आयोजनामा नेपाल बंगलादेश बैंक (एनबीबी) को अगुवाई तथा नेपाल बैंकको सहकार्यमा लगानी गर्ने सहमति भएको छ ।

NB-Bank-Logoनेपाल बंगलादेश बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुंगाना तथा हाइड्रोपावरका अध्यक्ष दिपक खड्काले लगानी सम्बन्धि सम्झौतामा हस्ताक्षर गरेका छन् । ४ दशमलब ७२ मेघावाट क्षमता भएको उक्त आयोजना २ वर्ष भित्र निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको कम्पनीका अध्यक्ष दिपक खड्काले दिएका छन् ।

करिब ८५ करोड रुपैयाँ लागत रहेको उक्त आयोजना बैंक तथा प्रवर्धकको ७० बराबर ३० को अनुपातमा ऋण तथा स्वपूँजी संरचनामा निर्माण गर्न लागिएको कम्पनीले जनाएको हो । उक्त पिलुवा खोलाबाट वार्षिक २ करोड ६४ लाख युनिट विद्युत उत्पादन गरी ३३ के.भी. प्रसारण लाईनबाट नेपाल विद्युत प्राधिकरण बानेश्वर सव–स्टेशन मार्फत राष्ट्रिय प्रशारण लाईनमा उक्त आयोजनाको विद्युत आपूर्ति गरिने कम्पनीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.