आर्थिक विकासमा अवरोध गर्न खोज्ने तत्वलाई राज्यले सहन नसक्ने प्रधानमन्त्रीको भनाई

  २०७३ असार १० गते १२:०५     विकासन्युज

काठमाडौं, १० असार । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अब राजनीतिक अधिकार र सामाजिक न्यायको अभियान समाप्त भएकोले सरकार र निजी क्षेत्र एकसाथ नेपाल निर्माण अभियानमा लाग्नु पर्ने बताएका छन् । नेपाल उद्योग परिसंघ र हिमालय टेलिभिजनले संयुक्त रुपमा आयोजना गरेको सीएनआई नेपाल निमार्ण २०७३ को उद्घाटन गर्न सोल्टी होटल पुगेका ओलीले भने–‘यस्ता रचनात्मक अभियानमा निजी क्षेत्रसँग काँधमा काँधमिलाएर अघि बढ्न सरकार सदैव तयार छ र आर्थिक विकासलाई अघि बढाउने कुनै पनि कार्यमा अवरोध गर्न खोज्ने कुनै पनि समूह वा तत्वलाई राज्यले सहन सक्दैन ।’
hari_bhakta
कार्यक्रममा बोल्दै परिसंघका अध्यक्ष हरिभक्त शर्माले सरकारले अगिंकार गरेको उच्चदरको आर्थिक वृद्धिदर हासिल गर्ने नीतिलाई सहयोग गर्न परिसंघले सीएनआई नेपाल निमार्ण २०७३ अभियान सञ्चालन गरेको बताए । राजनीतिक आन्दोलनमा पूरै एक पुस्ताले शंघर्ष गरेको बताउँदै शर्माले भने–‘अबको पुस्ता राष्ट्र« निर्माणमा आफ्नो पूँजी र विज्ञता प्रयोग गर्न तम्तयार छ । त्यसका लागि सरकारले उद्योग व्यसाय सञ्चालन र मौलाउन सक्ने वातावरण निर्माणमा सरकारको भुमिका अपरिहार्य छ ।’

सीएनआई नेपाल निमार्ण २०७३ मा शुक्रवार ४ र शनिवार ४ गरि कुल ८ विषयमा प्यानल छलफल हुने कार्यक्रम छ । कार्यक्रममा भएको विचार विमर्षबाट निस्केका निश्कर्षहरु समावेश प्रतिवेदन विभिन्न सरोकारवाला निकायहरुका पेश गर्ने आयोजकको योजना छ । सीएनआई नेपाल निमार्ण २०७३मा प्रधानमन्त्रीलगायत सरकारी निकायका वरिष्ठ अधिकारीहरु, विदेशी नियोगका प्रतिनिधिहरुका साथै विभिन्न देशका राजदुत र सीएनआईका पदाधिकारीहरु तथा निजी क्षेत्रका उद्योगी व्यवसायीहरुको उपस्थिति थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.