सनराइज बैंकको शाखारहित बैंकिङ्ग सेवा इलाममा

  २०७३ असार ९ गते ११:३७     विकासन्युज

काठमाडौं, ९ असार । सनराइज बैंक लिमिटेडले शाखारहित बैंकिङ्ग सेवा इलामको नेपालटारमा शुरु गरेको छ । बैंकले बैंकिङ्ग सेवा नपुगेका देशका विभिन्न स्थानहरुमा बैंकिङ्ग सेवा पु¥याउँदै जाने उद्देश्यले सो स्थानमा उक्त शाखा सञ्चालन गरेको हो । उक्त सेवा बैंकको इलाम शाखाका प्रमुख राज रेग्मी र नेपालटार उच्च मा.वि.का प्रधानध्यापक गोपाल प्रसाद कट्टेलले बिहीबार एक समारोहकाबीच उद्घाटन गरेका छन् ।

sunrise_branchसो अवसरमा रेग्मीले शाखारहित बैंकिङ्ग सेवाको एजेन्ट/प्रतिनिधि सुरेन्द्र राईलाई पोइन्ट अफ सेल मेसिन हस्तान्तरण गरेका छन् । उक्त मेसिनको माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको ठाँउबाट समेत शाखारहित बैंकिङ्ग सेवा अन्र्तगत एटिएम कार्ड मार्फत कारोबार गर्न सकिने रेग्मीले बताएका छन् ।

बैंकका अनुसार बैंकको कुल शाखारहित बैंकिङ्ग सेवा संख्या ६ पुगेको छ । साथै, बैंकिङ्ग सेवा नपुगेका ग्रामीण क्षेत्रका जनतालाई शाखारहित बैंकिङ्ग सेवामार्फत अत्याधुनिक बैंकिङ्ग सेवा उपलब्ध गराउँदै जाने बैंकले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.