बर्जरको होमशिल्ड वाटरप्रुफ पुट्टी अब नेपाली बजारमा

  २०७३ असार ९ गते ७:४५     विकासन्युज

काठमाडौं, ९ असार । बर्जर पेन्ट्सले बर्जर होमशिल्ड वाटरप्रुफ पुट्टी नेपाली बजारमा उपलब्ध गराएको छ । बर्जर पेन्ट्सको होमशिल्ड वाटरप्रुफ पुट्टी नेपालमा पहिलो पटक उपलब्ध भएको कम्पनीले दाबी गरेको छ । भित्तामा पानीको चुहावट रोकथाम गरी भित्तालाई सधैं सुरक्षित राख्नु यस वाटरप्रुफ पुट्टीको विशेषता रहेको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार यसले भित्ताको सौन्दर्यता बढाउनुको साथै रङको खपत घटाउदछ । बर्जर होमशिल्ड वाटरप्रुफ पुट्टीले साधारण वाल पुट्टीभन्दा उत्कृष्ट कभरेज (लगभग ५० प्रतिशत बढी) दिने कम्पनीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.