पाल्पामा होमस्टे प्रवद्र्धनका लागि तालिम

  २०७३ असार ९ गते ६:१९     विकासन्युज

पाल्पा, ९ असार । नेपाल पर्यटन बोर्डको सहयोगमा करियर गु्रप नेपालको आयोजनामा तानसेन र बौघागुम्हा ४ पाल्पामा होमस्टे क्षमता अभिवृद्धि तालिम कार्यक्रम सञ्चालन गरिएको छ । सदरमुकाम तानसेनमा संचालित तालिम कार्यक्रममा कृषि सामुदायिक मदनपोखरा, मगर सांस्कृतिक वर्तुङ, र तानसेन भगवतीटोल पाल्पामा संचालित होमस्टे संचालकहरुको सहभागिता रहेको होराइजन होमस्टेकी संचालिका जानकी बस्यालले बताइन् ।
Palpa Home Stay Photo 2
तालिम कार्यक्रममा भिटोफ नेपालका पूर्व अध्यक्ष शिव लामिछाने तथा गेटअप पाल्पाका अध्यक्ष मनमोहन श्रेष्ठले सहजीकरण गरेका थिए । तालिम कार्यक्रममा २५ जना सहभागी रहेको नेपाल पर्यटन बोर्डका प्रतिनिधि अमिर धोलाले बताए । कार्यक्रममा प्रमाणपत्र वितरण गर्दै नेकपा एमालेका केन्द्रिय सदस्य ठाकुर गैरेले पाल्पालाई होमस्टेको राजधानी बनाउन सकिने धारणा राखेका थिए ।

त्यसैगरी ७ र ८ गते मगर संस्कृतिको बाहुल्यता रहेको रानीमहल मगर होमस्टे बौघागुम्हा ४ पाल्पामा पनि होमस्टे क्षमता अभिवृद्धि तालिम कार्यक्रम सम्पन्न भएको छ । सो क्षेत्रमा विगत ४ वर्षदेखी ११ वटा घरमा होमस्टे संचालनमा रहेको लेखबहादुर थापाले बताए । पाल्पा सदरमुकाम तानसेनबाट १४ किलोमिटर पश्चिम तर्फ रहेको होमस्टेमा १ घण्टामा पुग्न सकिन्छ । भारतको ताजमहलसँग तुलना गरीने रानीमहलको दरवारबाट सो मगर होमस्टे एक घण्टाको पैदल दुरीमा पुग्न सकिन्छ ।

तालिम कार्यक्रममा २५ जना सहभागि रहेको करियर ग्रुप नेपालका अध्यक्ष धनबहादुर रुचालले बताए । तालिम कार्यक्रममा होमस्टे एसोसियसन नेपालका केन्द्रीय उपाध्यक्ष धनिश्वर बस्याल र पर्यटन पत्रकार भुमराज तिवारीले सहजीकरण गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.