मोबाइल एक्स्पोमा ५० लाखको कारोबार, एसएलसी दिएर बसेकालाई विशेष उपहार

  २०७३ असार ८ गते १२:५५     विकासन्युज

काठमाडौं, ८ असार । नयाँ बसपार्कको बीजी मलमा सञ्चालित मोबाइल एक्स्पोमा ५० लाख रुपैयाँको कारोबार भएको छ । मोबाइल एक्स्पोको आठौं दिनसम्ममा २५ हजार बढीले अवलोकन गरिसकेका छन् । हरेक मोबाइलको खरिदमा हात खाली नजाने उपहार’ योजना सहित बीजी मलले मोबाइल एक्स्पोको आयोजना गरेको हो ।

expo_1मलका अध्यक्ष बासु गिरीले भने, ‘हामीले जुन लक्ष्यका साथ मोबाइल एक्स्पोको आयोजना गरेका छौं, त्यसबाट हाम्रा ग्राहकहरुले भरपुर फाइदा लिन सक्नु भएको महशुस भएको छ । यसलाई २५ हजार जनाको उपस्थितीमा ५० लाखको कारोबार हुनुले पनि पुष्टि गर्छ’ ।

आयोजकका अनुसार एक्स्पो अवधिमा ग्राहले बीजी मलका सबै फेन्सी पसलबाट सामान गरि गर्दा २० प्रतिशत छुट पाउने छन् भने उक्त अवधिमा मलमा आउने ग्राहक मध्ये २ जनाले दैनिक रुपमा लक्की ड्रमार्फत स्मार्टफोन पाउने छन् । साथैे हालसम्मा १६ जना भाग्यशाली विजेताले मोबाइल सेट उपहार स्वरुप प्राप्त गरिसकेका आयोजकले बताएका छन् ।

त्यसै गरि १० हजार रुपैंयाभन्दा बढीको सामान खरिद गर्ने ग्राहले अनिवार्य रुपमा आकर्षक उपहार पाउने छन् भने एक्स्पो अवधिमा मोबाइल खरिद गर्ने ग्राहक मध्ये २ जनाले नगद फिर्ता पाउने छन् । एक्स्पो अवधिमा एसएलसी दिएर बसेका विद्यार्थीहरुले विशेष उपहार पाउने छन् । मोबाइल एक्स्पोको अवसर पारेर यही शनिबार बीजी मल परिसरमा भव्य सांगीतिक कार्यक्रमको आयोजना हुँदैछ ।

एक्स्पोमा १ हजार देखि ९९ हजार रुपैंयासम्मका मोबाइल सेटहरु राखिएका छन् । एक्स्पो अवधिमा मोबाइल खरिद गर्ने मध्ये १ जोडीले २ रात ३ दिनको पोखरा ट्रिपको उपहार पाउने मलले जनाएको छ । एक्स्पो अवधिभर उपहार प्राप्त गर्ने सबै ग्राहकहरुको नाम बीजी मलको फेसबुक पेज www.facebook.com/mybgmall मा राखिने आयोजकले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.