नयाँ बसपार्क क्षेत्रभित्र कुनै पनि भवन बनाउन नदिन अन्तरिम आदेश

  २०७३ असार ८ गते ३:३५     विकासन्युज

काठमाडौँ, ८ असार । पुनरावेदन अदालत पाटनले नयाँ बसपार्क क्षेत्रभित्र हाल कुनै पनि भवन नबनाउन काठमाडौं महानगरपालिकालगायतका निकायलाई अन्तरिम आदेश दिएको छ ।

New-Bus-Park

यही असार १५ गतेसम्म नयाँ बसपार्कभित्र कुनै पनि भवन नबनाउन न्यायाधीश किशोर सिलवालको एकल इजलासले अन्तरिम आदेश दिएको दिएको हो ।

नयाँ बसपार्क क्षेत्रभित्र गैरकानुनी रुपमा भवन बनाउन लागिएको उल्लेख गरी त्यसलाई रोक्न मागसहित सोमबार राष्ट्रिय एकता मञ्चका केन्द्रीय अध्यक्ष बिजेन्द्रलाल जोशीले रिट निवेदन दायर गरेका थिए । ।

काठमाडौँ महानगरपालिकाले गैरकानुनी रुपमा भवन बनाउनका लागि ल्होत्से बहुउद्देश्यीय प्रालिलाई दिएको र गैरकानुनी तबरबाट व्यापारिक भवन निर्माण गराउने प्रयोजनका लागि उक्त प्रालिसँग सम्झौता गरी जनताको हकअधिकार कुण्ठित गरेको रिट निवेदनमा उल्लेख थियो ।

गोङ्गबुस्थित बसपार्क बनाउनका लागि सरकारले केही वर्षअघि जनताको १६१ रोपनी जग्गा अधिकरण गरेको थियो । बसपार्क बनाउनका लागि अधिकरण गरिएको जग्गा अन्य प्रयोजनका लागि प्रयोग गर्न कानुनी रुपमा नमिल्ने दाबी गरिएको थियो ।

रिट निवेदनमा महानगरपालिकालाई स्थानीय स्वायत्त शासन अधिकार ऐनअनुसार नयाँ बसपार्कभित्र कुनै पनि भवन बनाउन नसक्ने उल्लेख गरिएको थियो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.