हेटौँडामा पेट्रोल पम्प सञ्चालन गर्ने तयारी, अभाव र मूल्य वृद्धि नियन्त्रण गर्ने

  २०७३ असार ७ गते ६:१८     विकासन्युज

काठमाडौं, ७ असार । साल्ट ट्रेडिङ कर्पोरेसनले पेट्रोल पम्प सञ्चालन गर्ने तयारी गरेको छ । सो संस्थाले पेट्रोल, डिजेल लगायत पेट्रोलियम पदार्थको कारोबार गरी बजारमा उत्पादनमा सन्तुलन कायम राख्ने उद्देश्यले पेट्रोल पम्प सञ्चालनका लागि गृहकार्य अगाडि बढाउँदैछ । कर्पोरेसनले पम्प सञ्चालनका लागि हेटौँडा तथा त्यस आसपास क्षेत्रमा सम्भावित अध्ययन गरिरहेकोे छ ।

petrol_pumpकरिब पाँच दशक अगाडि स्थापित उक्त संस्थाले विशेष गरी नुनको अभाव हुन नदिन त्यसको मौज्दात राख्दै बजारमा आपूर्तिको व्यवस्थापन गरी सहयोग गर्दै आएको छ । कर्पोरेसनका संस्थापक लक्ष्मीदास मानन्धरले अहिले ग्यास तथा खाद्य सामग्रीको समेत सर्वसुलभ मूल्यमा बिक्री गरी उपभोक्तालाई सेवा उपलब्ध गराइँदै आएको जानकारी दिए ।

उनले विभिन्न समयमा बजारमा पेट्रोलियम पदार्थको कृत्रिम अभाव र अस्वाभाविक मूल्य वृद्धि नियन्त्रण गरी आफ्नो संस्थाले सरकारलाई सहयोग तथा जनतालाई सेवा पु¥याउँदै आएको बताए । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.