एनआईबिएल क्यापिटल मोबाइल एप अब आइओएस भर्सनमा पनि

  २०७३ असार ६ गते ९:००     विकासन्युज

काठमाडौं, ६ असार । एनआईबिएल क्यापिटल मार्केट्सले आफ्ना ग्राहकवर्गलाई लक्षित गरेर “एनआईबिएल क्यापिटल मोबाइल एप” आइओएस भर्सनमा पनि ल्याएको छ । यो एपबाट सजिलै आफ्नो एनआईबिएल क्यापिटलमा भएको डिम्याट अकाउन्ट लगायत अन्य सेवाहरुको बारेमा समेत जानकारी लिन सकिन्छ । साथै एनआईबिएल क्यापिटल मार्केट्स सम्बन्धि ताजा खबर तथा एनआईबिएल समृद्धि फण्ड–१ को बारे पनि जानकारी लिन सकिने कम्पनीले जनाएको छ ।

NIBL_capitalकम्पनीका अनुसार एनआईबिएल क्यापिटलले सर्वप्रथम एनरोइड भर्सनको लागि मात्र यो एप सञ्चालनमा ल्याएको थियो । ग्राहकवर्गको माग अनुरुप एनआईबिएल क्यापिटलले आइओएस भर्सनमा पनि यसलाई विकासित गरेको कम्पनीले जनाएको छ ।

ग्राहकले एप स्टोरबाट यसलाई डाउनलोड गरि त्यसमा आफ्नो डिम्याट अकाउन्टको पासवर्ड हाली लगइन गरे पछि ग्राहकको चाहाना अनुरुप एपमा रहेको बिशेषताहरु हेर्न सक्ने र साथै एनआईबिएल समृद्धि फण्ड–१ कोविक्ली मन्थ्ली एनएभी पनि हेर्न सक्ने कम्पनीले बताएको छ । यस एपबाट आइओएसको निष्काशन, हालसालै गरेको बोनस, नगद लाभांस, हकप्रद शेयरको बारे पनि जानकारी लिन सकिने कम्पनीको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.