चोभारमा एनआरएनको वृक्षारोपण

  २०७३ असार ६ गते ६:०७     विकासन्युज

काठमाडौं, ६ असार । गैरआवासीय नेपाली संघ एशिया प्रशान्त क्षेत्रले चोभार डाँडामा वृक्षा रोपण गरेको छ । संघले विगत केहि वर्षदेखि नै चोभार क्षेत्रमा वृक्षारोपण गर्दै आएको थियो । सोही कार्यक्रमलाई निरन्तरता दिदै ४ असार २०७३ का दिन नेपाल जापान दौत्य सम्बन्ध स्थापना भएको ६० औं वर्षगाँठलाई समेत अवसर पारेर पुनः वृक्षारोपण कार्यक्रम गरेको हो ।
NRN_img
गैरआवासीय नेपाली संघका महासचिव डा. बद्री केसीले सरकार र नीजि क्षेत्रसँग सहकार्य गरेर एनआरएनले नेपालको विकासमा सघाउने प्रतिवद्धता व्यक्त गरेका थिए । कार्यक्रममा गृह मन्त्री शक्ति बस्नेतले समग्र क्षेत्रको विकासमा गैरआवासीय नेपालीहरुका साथै आवासीय नेपालीहरुलाई हातेमालो गरेर सहयोग गर्न आग्रह गरेका थिए । नेपालका लागि जापानी राजदूत महामहिम मासाशी ओगावाले जापानले नेपाललाई जहिले सहयोग गर्दै आएको बताएका थिए ।

नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्मा र नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष किशोर प्रधानले मुलुकको राजनीतिक अवस्थालाई स्थिर बनाई नेपालको समग्र क्षेत्रको विकास गरी मुलुकलाई आर्थिक समृद्धि तर्फ द्रुत गतिले अघि बढाउन आग्रह गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.