जुन महिना भरी फोर्ड हेरिटेज मन्थ मनाइँदै, फोर्ड धनीका लागि रेसिङ्ग निशुल्क

  २०७३ असार ३ गते ८:०३     विकासन्युज

काठमाडौं, ३ असार । फोर्ड मोटर कम्पनी तथा नेपालका लागि फोर्डका आधिकारीक डिलर जि. ओ. फोर्डले जुन महिना भर फोर्ड हेरिटेज मन्थ मनाउँदै छ । कम्पनीले फोर्डको ११३ वर्षको इतिहासलाई स्मरण गर्दै एक महिना भर फोर्ड हेरिटेज मन्थ मनाउने भएको हो । यस उत्सवको बीचमा फोर्डले आफ्नो गाडीहरुको उत्कृष्टतालाई राखेको छ ।

ford_monthबिहीबार फोर्ड कम्पनीको ११३औं वार्षिक उत्सव सम्पन्न भएको छ । सो दिन आगामी जुन २५ मा फोर्ड धनीहरुको लागि गोकआट रेसिङ्गको घोषणा पनि गरिएको छ । सबै फोर्ड धनीहरुका लागि रेसिङ्ग निशुल्क हुने र रजिष्ट्रेशन पहिलो आउनेलाई प्राथमिकता दिइने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार त्यहाँ रेसिङ्ग बाहेक अन्य धेरै क्रियाकलापहरु हुनेछन् जस्तै हुम्यान सुइङ, हाभर बार्ड, मेल्ट डाउन खाना र पेयका स्टलहरु । यस वर्ष, हेरिटेज मन्थ र रेसिङ्ग संयुक्त रुपमा, साथै फोर्ड जी टी का चार गाडीहरुले जुन १८ र १९ गते हुन गइरहेको (ल मान्स्) २०१६ को २४ घण्टे कौशलताको प्रतिस्पर्धाको लागि प्रतिष्ठित प्रवेश पाएका छन् ।

हाल नेपालमा फोर्डका सात विभिन्न मोडेलहरु उपलब्ध छन् — जसमा सबभन्दा पछि इन्डिएभोरले प्रवेश पाएको छ ।नेपालमा फोर्डका ११ बिक्री तथा सर्भिस केन्द्रहरु छन् भने एक कुइकलेन सर्भिस सेन्टर रहेको कम्पनीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.