प्रभु बैंक र नेपाल सर्टिफाइङ कम्पनीबीच विद्यूतीय कारोबार सम्बन्धी सम्झौता

  २०७३ असार ३ गते ७:२५     विकासन्युज

३ असार, काठमाडौं, ३ असार । प्रभु बैंक लिमिटेड र नेपाल सर्टिफाइङ कम्पनी प्रालि बीच विद्यूतीय प्रणालीमार्फत् गरिने सूचना आदान(प्रदान विश्वसनीय बनाउनेबारे सम्झौता भएको छ । बैंकका अनुसार विद्यूतीय प्रणाली मार्फत् गरिने सूचना आदान प्रदानमा उत्पन्न हुने जोखिमलाई न्युनीकरण गर्ने तथा सूचना प्रवाहलाई अझ विश्वसनीय बनाउन सम्झौता भएको हो ।

Prabhu-Imageउक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन र सर्टिफाइङ कम्पनीका अध्यक्ष विप्लवमान सिंहले सम्झौतामा हस्ताक्षर गरेका छन् ।

समारोहमा बैंक तथा सर्टिफाइङ कम्पनीका अन्य पदादिकारीहरुको समेत उपस्थिति थियो । सूचना आदान प्रदानमा हुने जोखिम न्यूनीकरण सम्बन्धी सम्झौता पश्चात् आगामी दिनमा बैंकको आन्तरिक तथा बाहृय ग्राहकहरुसँगको विद्यूतीय कारोबार अझ सुरक्षित एवं सवल हुने बैंकले विश्वास लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.