भारतको युनिबिक कुकिज नेपाली बजारमा

  २०७३ असार २ गते ११:२६     विकासन्युज

काठमाडौं, २ असार । भारतीय बजारमा प्रसिद्ध युनिबिक कुकिज नेपाली बजारमा भित्रिएको छ । युनिबिक कुकिजदाई टुंचे टुचें ट्रेडिंग कन्सर्नले युनिबिक कुकिज नेपाली बजारमा भित्र्याएको हो । कम्पनीका प्रोप्राइटर त्रिकाल तुलाधरले गुणस्तरीय बस्तुको बजार भित्र्याएको दावी गरेका थिए ।
Unibis1

कार्यक्रममा उद्योग मन्त्री सोमप्रसाद पाण्डेले नेपालमा उपलव्ध श्रोत र साधनको अधिकतम सदुपयोग गर्न सके मुलुकको द्रुत आर्थिक विकास हुने बताएका थिए । उनले निजी क्षेत्र नै विकासको सम्वाहक भएको बताउँदै युवा उद्यमीहरुले यसको नेतृत्व गर्नु पर्ने धारणा राखे ।

कार्यक्रममा चेम्बर अध्यक्ष राजेशकाजी श्रेष्ठले मुलुकको आर्थिक विकासको लागि सरकार र सरोकारवालासंग सहकार्य गर्दै अघि बढने बताए । त्यस्तै,  युवा उद्यमी मञ्चका उपाध्यक्ष दिपेश काजी तुलाधरले युवा उद्यमी मञ्चले युवाहरुको उद्यमशिलता उजागर गर्न सहयोग गर्ने बताएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.