होण्डाको नयाँ बाइक होण्डा हर्नेट १६० आर अब नेपाली बजारमा

  २०७३ असार २ गते ११:०८     विकासन्युज

काठमाडौं, २ असार । होण्डा मोटर्सको नयाँ बाइक होण्डा हर्नेट १६० आर नेपाली बजारमा आएको छ । नेपालका लागि आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ (एसटिसि)ले बिहीबार नेपाली बजारमा उक्त बाइक सार्वजनिक गरेको हो । बिहीबार कम्पनीले नेपाली राष्ट्रिय फुटबल टिमका स्ट्राइकर नवयुग श्रेष्ठलाई नयाँ होन्डा हर्नेट १६० आर पुरस्कार पनि प्रदान गरेको छ ।

hornet(1)होन्डा सीबीहर्नेट १६० आर सीबीहर्नेट बाट विकसित स्ट्रिट नेकेड स्पोटर्स बाईक हो । यो बाइकबाट उच्च गतिमा रोमाञ्चक यात्रा गर्न सकिन्छ। एचइटी (होण्डा इको टेक्नोलोजी) भएको हर्नेट बाईकमा सजिलो र आरामदायी हुनुका साथ रमाईलो यात्रागर्न सकिने कम्पनीले जानकारी दिएको छ ।

कार्यक्रममा स्याकार ट्रेडिङले एक महिना लामो हाइ स्पिड र एकसाइटिङ स्किल बेस्ड फुटसल प्रतियोगिता गर्ने भएको छ । प्रतियोगितामा उपत्यका भित्रका ५० फुटसल खेलाडीहरुले आफ्नो स्पीड र ट्यालेन्ट हर्नेट १६० आरसँगको टेस्ट गर्न सक्ने कम्पनीले जानकारी दिएको छ।कम्पनीका अनुसार प्रतियोगितामा जम्मा चार चरणहरु हुनेछन् जसमा पहिलो सेलेक्सन राउन्ड हुनेछ र यसमा स्पीड र फोकसको टेस्ट हुनेछ । साथै, कम्पनीले प्रतियोगिताको अन्तमा विजेतालाई एक लाख रुपैयाँ नगद पुरस्कारको व्यवस्था गरेको बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.