मनमैजुमा सेञ्चुरी बैंकको एक्सटेन्सन काउन्टर

  २०७३ असार २ गते ५:३८     विकासन्युज

काठमाडौं, २ असार । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले मनमैजुको मालपोत कार्यालयमा एक्सटेन्सन काउण्टर सञ्चालन गरेको छ । यो बैंकको उपत्यकामा तेश्रो एक्सटेन्सन काउन्टर हो । बैंकले उक्त काउन्टरबाट राजश्व संकलन लगायत त्यस क्षेत्रमा वसोवास गर्ने ग्राहकवर्गहरुमा आफ्नो सेवा पुर्याउनेछ ।

century_bank
आर्थिक वर्ष २०७२/७३ को चैत्र मसान्तसम्ममा सेञ्चुरी बैंकले २६ अर्ब एक करोड निक्षेप संकलन गरेर २२ अर्ब ८३ करोड कर्जा परिचालन गरेको छ । बैंकले सो अवधीमा ३४ करोड ५० लाख सञ्चालन मुनाफा तथा २३ करोड २४ लाख खुद नाफा कएमो थियो ।

हालसम्म बैंकले ३१ वटा शाखा, २८ वटा एटीएम, ८ वटा शाखारहित बैंकिङ्ग र २ वटा एक्सटेन्सन् काउन्टरबाट सेवा प्रवाह गर्दै आएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.