बीजी मल मोबाइल एक्स्पो सुरु, पहिलो दिनमै ५ हजारभन्दा बढी अवलोकनकर्ता

  २०७३ असार १ गते १२:३६     विकासन्युज

काठमाडौं, १ असार । बुधबारदेखि नयाँ बसपार्कको बिजी मलमा मोबाइल एक्स्पो सुरु भएको छ । ‘हरेक मोबाइलको खरिदमा हात खाली नजाने उपहार’ योजनासहित बीजी मलले मोबाइल एक्स्पो सुरु गरेको हो । एक्स्पोको मिस नेपाल अस्मी श्रेष्ठ, बीजी मलका अध्यक्ष बासु गिरी र मोबाइल बितरक संघका अध्यक्ष माधव रिजालले एकसाथ उद्घाटन गरे ।

BG-Mall-Mobile-Expo_1

असार ११ गतेसम्म चल्ने एक्स्पोमा उद्घाटनकै दिन अवलोकनकर्ताको बाक्लो भिड लागेको छ । ‘हात खाली नजाने उपहार योजनाका साथमा हामी हाम्रा ग्राहकहरु माझ आएका छौं, पहिलो दिन ५ हजार भन्दा बढी अवलोकनकर्ताको उपस्थितीले हामीलाई उत्साहित बनाएको छ’ मलका अध्यक्ष गिरीले भने । उनका अनुसार एसएलसी दिएर बसेका विद्यार्थीले एक्स्पोमा आकर्षक उपहार पाउने छन् ।

BG-Mall-Mobile-Expo_3

‘अत्यावश्यक वस्तुका रुपमा मोवाइलको प्रयोग बढ्दै गएको र युवा पुस्ताको विशेष अकर्षण रहेका कारण हामीले नेपालका अधिकांस मोबाइल बितरकसंगको सहकार्यमा एक्स्पो आयोजना गरेका हौं । यसले हाम्रा ग्राहकलाई बीजी मलसम्म डोर्याउने हाम्रो अपेक्षा छ’ बीजी मल अध्यक्ष गिरीले थपे ।

एक्स्पो अवधिमा ग्राहकले बिजी मलका सबै फेन्सी पसलबाट सामान गरि गर्दा २० प्रतिशत छुट पाउने छन् भने उक्त अवधिमा मलमा आउने ग्राहक मध्ये २ जनाले दैनिक रुपमा लक्की ड्रमार्फत स्मार्टफोन पाउने छन् । त्यस्तै, १० हजार रुपैंयाँभन्दा बढीको सामान खरिद गर्ने ग्राहकले अनिवार्य रुपमा आकर्षक उपहार पाउने बताइएको छ ।

एक्स्पो अवधिमा मोबाइल खरिद गर्ने ग्राहक मध्ये २ जनाले नगद फिर्ता पाउने छन् । एक्स्पो अवधिमा एसएलसी दिएर बसेका विद्यार्थहरुले विशेष उपहार पाउने छन् । सबै ब्राण्डका मोबाइल एकै छाना मुनी किन्न सकिने आधिकारिक शोरुमहरु रहने एक्स्पोमा १ हजार देखि ९९ हजार रुपैंयासम्मका मोबाइल सेटहरु राखिएका छन् । एक्स्पो अवधिमा मोबाइल खरिद गर्ने मध्ये १ जोडीले २ रात ३ दिनको पोखरा ट्रिपको मज्जा लिन पाउने मलले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.