एक लाख भूकम्प पीडितसँग अनुदान सम्झौता, एक हप्ता भित्रै ५० हजार

  २०७३ असार १ गते ५:०९     विकासन्युज

काठमाडौं, १ असार । सरकारले एक लाख परिवार भूकम्प पीडितसँग अनुदान सम्झौता सम्पन्न गरेको छ । मंगलबारसम्ममा भूकम्पबाट क्षति भएका घर पुनर्निर्माणका लागि १ लाख २ सय ७२ घरधनीसँग अनुदान सम्झौता सम्पन्न भएको पुननिर्माण प्राधिकरणका प्रवक्ता रामप्रसाद थपलियाले बताएका हुन् । भूकम्म अति प्रभावित उपत्यका बाहिरका ११ जिल्लामा सम्बन्धित घरधनी र गाउँ विकास समितिका सचीवबीच अनुदान सम्झौता भएको हो ।
new_nepal_new_house

संघीय मामिल तथा स्थानीय विकास मन्त्रालय केन्द्रीय आयोजना कार्यान्वयन इकाईका अनुसार २०७३ साल जेठ ३२ गतेसम्म गोरखामा १७ हजार ६ सय ६८, धादिङमा ४ हजार ८ सय २४, नुवाकोटमा १५ सय ८८, रसुवामा ११ सय र सिन्धुपाल्चोक ६६ सय ६० घरधनीसँग अनुदान सम्झौता भएको छ । यस्तै काभ्रेमा १४ सय ७५, दोलखामा १६ हजार २ सय, रामेछापमा ३५ हजार ३ सय ८० घरधनीसँग अनुदान सम्झौता भएको छ । ओखलढुङ्गामा १४ हजार २ सय २, सिन्धुलीमा ११ सय र मकावनपुर जिल्लामा ७५ घरधनीसँग अनुदान सम्झौता भएको छ ।

यसरी अनुदान सम्झौता सम्पन्न भएको एक हप्ता भित्रै लाभग्राहीको बैंक खातामा घर निर्माणका लागि सरकारले दिने २ लाख नगद अनुदानको पहिलो किस्ता वापतको ५० हजार रुपैंयाँ उपलब्ध गराउने व्यवस्था रहेको छ । सरकारले निजी घर निर्माणका लागि तीन किस्तामा दुई लाख अनुदान उपलब्ध गराउने कार्यबिधी तयार पारेको छ । त्यसमा पहिलो किस्तामा ५० हजार, दोश्रोमा ८० हजार र तेश्रो तथा अन्तिम किस्ताका रुपमा ७० हजार रुपैंयाँ उपलब्ध गराइनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.