मर्जर कमिटिद्धारा पाँच वटा संस्थाको सेयर स्वाप रेसियो पारित, एनसीसी र कुमारी बैंकको बराबर

  २०७३ जेठ ३२ गते ९:१८     विकासन्युज

काठमाडौं, ३२ जेठ । संयुक्त मर्जर कमिटिले एनसीसीसँग गाभिन लागेको पाँच वटा सस्थाको रेसियो पारित गरेको छ । कमिटिद्धारा एनसीसी र कुमारी बैंकको सेयर स्वाप रेसियो १ बराबर १ हुने छ । अन्य चार वटा विकास बैंकको भने केही थोरै सेयर स्वाप रेसियो हुने भएको कमिटिले जनाएको छ ।

mega-merge(1)मर्जरमा जान लागेका मध्ये एनसीसीको सेयरलाई आधार बनाएर सम्पत्ति तथा दायित्वको विस्तृत अध्ययन प्रतिवेदन (डिडिए रिपोर्ट) तयार गरिएको थियो । डिडिएले कुमारीलाई ९९.३१, एपेक्सलाई ४७.३९, इन्फ्रास्टक्चर डेभलपेन्ट बैंकलाई ७६.९४, इन्टरनेशनल डेभलपमेन्ट बैंकलाई ७२.७७ र सुप्रिम डेभलपमेन्ट बैंकलाई ७६.०५ कित्ता सेयर दिन सिफारिश गरेको थियो ।

मर्जर कमिटिले दसमलव पछि आएको अंकलाई एक कित्ता दिनेगरी निर्णय गरेको हो । यसले गर्दा कुमारी र एनसीसी बैंकको सेयर स्वाप रेसियो बराबर अर्थात सय कित्ता बराबर सय नै भएको हो । यो रेसियो अनुसार एपेक्सका लगानीकर्ताले सयको ४८, इन्फ्रास्टक्चरका लगानीकर्ताले ७७, इन्टरनेशनल डेभलपमेन्टका लागनीकर्ताले ७३ र सुप्रिमका लगानीकर्ताले ७७ कित्ताका दरले सेयर पाउँने छन् ।

संयुक्त मर्जर कमिटिको निर्णयमा एपेक्सको सञ्चालक समितिले भने असहमति जनाएको छ । स्वाप रेसियोमा धेरै कम सेयर प्राप्त हुने भएपछि यो बैंकको सञ्चालक समितिले असहमति जनाएको मर्जर कमिटि सम्वद्ध स्रोतले बतायो । एपेक्सले असहमति जनाएपनि स्वाप रेसियो परिवर्तन नगर्ने अडानमा मर्जर समिति छ ।

‘मर्जको प्रक्रिया रोकिँदैन, स्रोतले भयो, हामी कात्तिकमा एकिकृत कारोबार गर्छौ ।’ मर्जर कमिटिले नेपाल राष्ट्र बैंकमा कात्तिकसम्मको म्यादका लागि पत्र बुझाउँदै छ । असारसम्म मर्जर सक्नुपर्ने सर्त सहितको सौद्धान्तिक सहमति यी संस्थाहरुलाई राष्ट्र बैंकले दिएको थियो । असारसम्म सबै काम नसकिने भएपछि कात्तिक सम्मको म्याद दिन राष्ट्र बैंकले आग्रह गरेको हो । यी संस्थाहरुले असार भित्रै विशेष साधारण सभा गर्ने तयारीमा छन् ।

डिडिए गर्दा गैरबैंकिङ सम्पती धेरै भएको एनसिसी बैंकको सम्पतिको मूल्यांकन केही घटाएर गरिएको छ । एनसिसीको नाममा आएको हरिसिद्धि ईटा उद्योगको जग्गाको मूल्य करिव एक अर्ब रुपैयाँलाई घटाएर ५० करोडको हाराहारीमा गणना गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.