साहसिक पर्यटन गाईड तालिम सुरु

  २०७३ जेठ ३२ गते ७:२८     विकासन्युज

काठमाडौं, ३२ जेठ । ट्रेकिङ एजेन्सिज एसोसियसन अफ नेपाल (टान) र एड्भेन्चर ट्राभल ट्रेड एसोसियसन (आट्टा) अमेरिकाको संयुक्त आयोजनामा ८ दिने साहसिक पर्यटन गाईड तालिम टान केन्द्रीय कार्यालय मालिगाउँमा सुरु भएको छ । तालिम उद्घाटन कार्यक्रममा शुभकामना मन्तव्य व्यक्त गर्दै टानका महासचिव कर्ण लामाले नेपाललाई साहसिक पर्यटनको गन्तव्यको रुपमा विकास गर्न दक्ष जनशक्तिको आवश्यकता महशुष गरी तालिम संचालन गरेको बताए ।

sahasik_paryetanतालिम कार्यक्रममा साहसिक पर्यटन, सुरक्षा र जोखिम, समुह व्यवस्थापन, प्राकृतिक, ऐतिहासिक सम्पदाको व्याख्या शैली, दिगो पर्यटन व्यवस्थापन, आकस्मिक प्राथमिक उपचार विषयमा विज्ञ विदेशी प्रशिक्षकहरुबाट तालिम प्रदान गरिनेछ । प्रशिक्षार्थीहरुलाई प्रयोगात्मक तालिमको लागि शिवपुरी राष्ट्रिय निकुञ्जमा लगेर आवासिय तालिमको समेत प्रबन्ध गरिएको टानका तालिम संयोजक शितल चन्द्र धरेलले बताए ।

तालिम कार्यक्रममा लामो समय देखि साहसिक पर्यटन प्रशिक्षणमा संलग्न रहदै आएका डान मुर, गोडेन, जिन क्लाउड, सुसान र पेगीले प्रशिक्षण दिनेछन् । नेपालमा पहिलो चोटी गाईडहरुको क्षमता अभिवृद्धिको लागी अन्तराष्ट्रिय स्तरको तालिम आयोजना भएको सार्मथ्यका पर्यटन व्यवस्थापन सल्लाहकार प्रनिल उपाध्यायले बताए । विश्वमा पर्यटन क्षेत्रको योगदान कुल ग्राहस्थ उत्पादनमा ११ प्रतिशत रहेपनि नेपालमा जम्मा ९ प्रतिशत मात्रै रहेको तथ्याङक छ । पछिल्लो समय विश्वभर ६५ प्रतिशतका दरले साहसिक पर्यटनको व्यवसाय बढिरहेको तथ्याङक सार्वजनिक भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.