ग्रोमोर मर्चेन्टको २० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित

  २०७३ जेठ ३१ गते १२:०३     विकासन्युज

काठमाडौं, ३१ जेठ । ग्रोमोर मर्चेन्ट बैंकर लिमिटेडले शेयरधनीहरुलाई चुक्ता पूँजीको २० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित भएको छ । सोमबार बसेको बैंकको बार्षिक साधारणसभाले संस्थाको उक्त लाभांश वितरण गर्ने प्रस्तावलाई पारित गरेको हो ।

growmore_merchant

सभामा संस्थाका शेयरधनी, संचालक, लेखापरीक्षक, विभिन्न सरकारी निकायका प्रतिनिधि, कर्मचारी, पत्रकार एवं अन्य अतिथिहरुको उपस्थिती थियो । उक्त साधारणसभाले विद्यमान संचालक समितिलाई निरन्तरता दिने प्रस्ताव अनुमोदन गरेको छ । साथै ग्रोमोर मर्चेन्ट बैंकर लि.को नाम परिवर्तन गरि प्रभु क्यापिटल लिमिटेड राख्ने र कार्यालय दरवारमार्गबाट कमलादीमा सार्ने प्रस्ताव पारित गरेको छ ।

साथै कम्पनीको हाल कायम रहेको पूँजी संरचनामा आवश्यक परिमार्जन गर्नको लागि प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने प्रस्ताव पारित गरेको विज्ञप्तिले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.